परिवार नियोजनका साधनको नाम उच्चारण गर्न लाज मान्ने कर्णालीका महिलामा यस्ता साधनको प्रयोग बढेको छ। पछिल्ला वर्षमा परिवार नियोजनका साधनको प्रयोग गर्ने महिलाको सङ्ख्या बढेको छ। ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालका अनुसार गाउँपालिकामा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ। स्वास्थ्य संस्थामा पुगेर परिवार नियोजनका साधन लिने महिलाको सङ्ख्या बढ्दो छ। परिवार नियोजनको अस्थायी साधन डिपो प्रयोग गर्ने महिलाको सङ्ख्या तीन वर्षयता बढेको छ। तीन वर्षअघि ५७ जनाले अस्थायी साधन प्रयोग गरेका थिए। अघिल्लो वर्ष ६६ र बितेको वर्ष ९७ जनाले अस्थायी साधन प्रयोग गरेको तथ्याङ्क छ।
‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि एको छ ।
अवैध भए पनि गाँजा खेती गर्दै आएका मकवानपुरको राक्सिराङ गाउँपालिका–५, ठाडेचुरेका चन्द्रमान प्रजाले गाँजाको विकल्पमा कफी खेती सुरु गर्नुभएको छ।
स्याङ्जाको चापाकोट नगरपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ। नगरपालिकाले एम्बुलेन्स सेवा दिएसँगै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाको उपाचार सेवा प्रवाहमा सहज भएको छ। पलिकाले ज्येष्ठ नागरिक, अपाङ्गता र गर्भवती महिलालाई एम्बुलेन्स सेवा निःशुल्क गर्ने पालिकाले बताएको छ।
सप्तरीको महादेवा गाउँपालिकाको मुख्य आर्थिक आधार कृषि हो। यस गाउँपालिकाको ९५ प्रतिशत जमिन कृषियोग्य छ। चन्द्रनहरको सञ्जाल भए पनि ३० वर्षदेखि नहरमा पानी चलेको छैन। यसले गर्दा किसानले समयमा खेती गर्न पाउँदैनन्। पशुपालन यहाँका बासिन्दाको अर्काे महत्वपूर्ण पेसा हो। महादेवा गाउँपालिकाका अध्यक्ष सुनीलकुमार मण्डल रहनुभएको छ। कृषि, शिक्षा तथा स्वास्थ्यको ‘हब’ बनाउनुका साथै एक सुन्दर नमुना गाउँपालिकासमेत बनाउने उद्देश्य रहेको बताउनुहुने अध्यक्ष मण्डलसँग गोरखापत्रका देवरामप्रसाद यादवले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
जिल्लामा डेंगुको सङ्क्रमण उच्च जोखिममा रहेको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा ३६६ जनामा सङ्क्रमण पुष्टि भएसँगै जोखिम बढेको जनाएको हो ।
सुनसरी र मोरङका किसानले उत्पादन गरेको तरकारीको थोक बिक्री गर्ने उद्देश्यले चार वर्षअघि निर्माण गरिएको आधुनिक बिक्रीस्थल उद्देश्य अनुसार सञ्चालन नहुँदा साप्ताहिक हाट (हटिया) लाग्ने स्थलमा परिणत भएको छ। सरकारले फलफूल तथा तरकारी बजार सञ्चालनमा गम्भीरता नदेखाएको र स्थानीय व्यापारीहरूको विश्वासआर्जन गर्ने गरी पहल नगरेका कारण करोडौँ लगानी गरेर निर्माण गरेको थोक बजार उपयोगविहीन छ। बजारमा थोक व्यापारीहरू आउन नमानेपछि किसानहले पनि आफ्नो उत्पादन अन्यत्रै लगेर बेचिरहेका छन्।
स्याङ्जाका पालिकाहरूले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लगेर नतिरेकाहरूलाई तिर्न ताकेता गरेका छन् । जिल्लाको वालिङ, चापाकोट र भीर कोट नगरपालिकाले सूचना नै निकालेर ऋणी सदस्यहरूलाई समयमा नै ऋण चुक्ता गर्न अनुरोध गरेका हुन् ।
मेचीनगर वडा नं. ४ मा नेपाल र भारतको सीमा मेची खोलाले नेपालतर्फ तीव्र कटान गरेपछि स्थानीय बासिन्दा कटान रोक्न सक्रिय भएका छन्। खोलाधारको कटान रोक्दै खोलालाई दीर्घकालीन रूपमा रोक्न टेवा पुग्ने किसिमका बोटबिरुवा लगाउन सुरु गरिएको वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो।
डेङ्गुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ ।
कपिलवस्तुमा अनुदानको मल कृषकले पाउन मुस्किल हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल सहकारीमार्फत बिक्रीवितरण गर्दै आइरहेको छ । अनुदानको मल सहकारीमार्फत वितरण भए पनि सहकारीकै पदाधिकारीले आफ्ना नजिकका वा नातेदारबाहेक कसैले सहज रूपमा प्राप्त गर्न नसकेको कृषकहरू बताउँछन् ।
नेपाली मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा जापानमा बनेको ‘बुद्धको विशाल मूर्ति’ कै निर्माणस्थलमा नेपाली शैलीको अर्को मूर्ति पनि बन्ने भएको छ । मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा जापानको कुमामोतो जिल्ला, खामीआमाकुसा क्षेत्रमा सन् २०१६ देखि सन् २०२२ सम्ममा बुद्धको विशाल मूर्ति निर्माण भएको थियो । सोही स्थानमा नेपाली शैलीको अर्को मूर्ति बनाउन सुरु भएको छ । कलाकार मितेरीले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कला संवाद कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो । पाँच वर्षभित्र जापानको खामीआमाकुसाको विशाल ढुङ्गामा बुद्धको मूर्ति बनाउने लक्ष्यले कलाकारको भिसामा जापान पुग्नुभएका कलाकार मञ्जुलको टोलीलाई मूर्ति बनाउन करिब छ वर्ष लागेको थियो ।
‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३’ मा विजेताका दस भिडियो हङकङमा प्रदर्शन भएको छ । विजेता भिडियोहरू हङकङस्थित हेनरी जी लियोङ हल, याउ मा तेईमा प्रदर्शन गरिएको हो । प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरू विश्वमाझ प्रवर्धन गर्ने उद्देश्यले ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ आयोजना गरिएको आयोजक वि विल राइज फाउन्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङले बताउनुभयो ।
सागर लम्साल (बले) सानो पर्दाको सफल अभिनेता मानिनुहुन्छ । ‘बले’ को सानो पर्दाको यात्रा २०७० सालबाट टेलिचलचित्र ‘भद्रगोल’ मार्फत सुरु भएको हो । भद्रगोलमा उहाँले छ वर्षसम्म लगातार अभिनेताका रूपमा काम गर्नुभयो । त्यसपछि भद्रगोलको टिमले अर्को टेलिचलचित्र ‘सक्किगोनी’ निर्माण सुरु ग-यो । ती टेलिचलचित्रमा सागर (बले) पात्रका रूपमा दर्शकमाझ सर्वाधिक लोकप्रिय हुनुहुन्छ ।
धेरै जसो वस्तु र पदार्थमा परनिर्भर रहेको बाँके जिल्ला मह उत्पादनमा भने आत्मनिर्भर भई अन्य जिल्लामा निर्यातसमेत गर्न सफल भएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले पछिल्लो समयमा बाँकेमा मह उत्पादन सोचेभन्दा बढी भएकाले यो जिल्ला मह उत्पादनमा आत्मनिर्भर बनेको बताउनुभयो । उहाँले जिल्लाको माग र आवश्यकताभन्दा पनि बढी मह उत्पादन हुन थालेपछि यहाँबाट अन्य जिल्लामा समेत मह निर्यात गर्न थालिएको जनाउनुभयो ।