सप्तरीको राजविराज नगरपालिकाको सखडा मोडमा स्थानीयवासीले सडक निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
नेपालगञ्ज भएर कामको खोजीमा भारत जाने नेपालीको सङ्ख्या पछिल्लो समय ह्वात्तै बढेको छ । यसरी जानेमा पिठ्युमा बालबालिका बोकेका महिला समेत छन् ।
भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।
निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपिआर क्यामरा) जडान गर्न थालेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ(साफ) को आयोजनामा सञ्चालन हुने यु-१६ समूहको प्रतियोगितामा सहभागी जनाउन सुनसरी जिल्ला फुटबल संघले खेलाडी छनोट प्रक्रियालाई अगाडि बढाउने भएको छ ।
सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भइरहेको हो ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ बाघमारा मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
कम्बोडियाले पर्सी आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ । सरकारले शनिबार र आइतबार सबै प्रकारका मदिराको र सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन विद्युतीय प्रणालीमार्फत् राजस्व निर्धारण तथा सङ्कलन गर्ने कामको सुरु गरेको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुग्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताउनुभएको छ ।
कैलालीको अत्तरियाबाट बाघको छालासहित दुई जना पक्राउ परेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समिति सदस्य डा. आरजु राणा देउवाले समानुपातिकका उम्मेदवार तथा महिला काम नलागे प्रतिस्पर्धा गराउन चुनौती दिनुभएको छ ।
वराहक्षेत्र नगरपालिकाले डेङ्गु रोकथामका लागि नगरका ११ वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोय (खोज नष्ट गर) अभियान सुरु गरेको छ ।