सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताउनु भएको छ ।
भारतबाट नेपाल ल्याएको सामान बाहिर भेटिएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारबाही हुने जानकारी दिइएको छ ।
कपिलवस्तुको शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा सुरु गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले एउटा घर सञ्चालनका लागि पनि अनुशासन चाहिने भन्नुहुँदै बैठकमा एकआपसमा वाकयुद्ध गर्न नहुने बताउनुभयो।
झापामा पहिलो पटक ‘आरसीसी प्रकोपाइन’ प्रविधिबाट खोला नियन्त्रणको प्रयास गरिएको छ ।
काभाबीच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् ।
संसद विकास कोषकै झल्को दिने गरि धनकुटा नगरपालिकाले आफ्ना कार्यपालिका सदस्यको लागि समेत रकम विनियोजन गरेको छ ।
सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
बङ्गुरमा व्यापक रुपमा देखिएको अफ्रिकन स्वाइन फिभर रोग जंगली बँदेलमा पनि फैलिन थालेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार लुम्बिनी प्रदेशस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा पनि जंगली बँदेलमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ ।
सर्लाहीमा एक थुनुवा महिलाले जिल्ला प्रहरी कार्यालयको हिरासतमै आत्महत्या गर्नुभएको छ । प्रहरीले स्रोत नखुलेको रकम र अवैध चाँदीसहित पक्राउ गरेको चक्रघट्टा गाउँपालिका –८, बस्ने ४० वर्षीया हजरत खातुनले प्रहरी हिरासतको शौचालयमा सलको पासो लगाएर आत्महत्या गर्नुभएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
सर्वोच्च अदालतमा आज (शुक्रबार) आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तक सार्वजनिक गर्दै श्रमसँगसम्बन्धी फैसला प्रकाशनका रूपमा आउनु महत्त्वपूर्ण भएको बताउनुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिब लम्सालले घोषणा गरेको समूहलाई अस्वीकार गर्दै गुल्मी कार्य समितिविरुद्ध असन्तुष्ट बहुमत सदस्यले अर्को कार्यसमिति घोषणा गरेका छन् ।