लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार रहनुभएका उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको हो ।
वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनः भाषा परीक्षाको आवेदन खुलाएको छ ।
महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको आयात व्यापारमा गिरावट आएको छ । जसकाकारण आ.व. २०७९-०८० को राजस्व लक्ष्यभन्दा २२ प्रतिशत अर्थात् ८२ करोड कम सङ्कलन भएको छ ।
पाण्डवहरू खेचरादी पर्वत (खप्तड क्षेत्रको पौराणिक नाम) हुँदै स्वर्ग गएका थिए रे । हुम्लाका सहयात्री बलराम शाहीले बीचपानी नपुग्दैै भनेका थिए, “भीमघट्टमा घट्ट घुमे जस्तो आवाज आइरहन्छ भनिन्छ ।” भीमले त्यहाँ घट्ट बनाएका थिए त ? यसको सत्यता जाँच्न त शास्त्रीय अनुसन्धान गर्नै पर्ला । डोटीको झिग्रानाबाट उकालो लाग्दा यात्रामा निकै नै साथ दिएका शाहीले मलाई उकालोमा धेरै जीवनदृष्टिहरू खोज्न बाध्य बनाए । रोमाञ्चित मनसँगै नाक ठोकिने उकालोको वर्णन अझै स्निग्ध होला । दिपायलबाट करिब एक घण्टा गाडीको यात्रापछि झिग्रानाबाट पैदल यात्रा सुरु भयो । सुदूरपश्चिमेली मित्र किरण जोशी मेरो यस यात्रामा हौसला दिइरहने व्यक्ति हुन् ।
तनहुँको व्यास नगरपालिका १० मा रोपाइँ गर्न हलगोरुबाट खेत सम्म्याउँदै कृषक । तनहुँमा लम्पी स्किनको सङ्क्रमण गोरुमा बढ्दा कृषकलाई खेत रोप्न सास्ती भएको छ ।
सार्वजनिक भएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा लगभग स्वदेशी तथा विदेशी गरेर दुई लाख ५० हजार भन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । यी पर्यटकमध्ये एक लाख ९८ हजार ८२६ जना नेपाली छन् भने ३५ हजार ८३६ जना सार्क मुलुकका छन् । अन्य मुलुकका २९ हजार ५७६ जना छन् । यी पर्यटकले प्रवेशबापत तिरेको राजस्व करिब १७ करोड ३० लाख रुपियाँ रहेको छ । हुन त कोरोना महामारी मत्थर भएपछि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्या जसरी बढ्दै गएको देखिन्छ, त्यसरी नै आन्तरिक पर्यटकको सङ्ख्या पनि बढिरहेको छ तर चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्याभन्दा
नेपालमा महिला अधिकार, सशक्तीकरण र महिला उत्थानका लागि सङ्घर्ष गर्ने प्रेरणादायी महिलाको कमी छैन, जसले समयक्रममा ठुलो त्याग, तपस्या र परिश्रमद्वारा राष्ट्रको सेवा गरी समाजमा आफ्नो उच्च स्थान सुरक्षित गरेका छन् । त्यस्तै प्रेरणादायी व्यक्तित्वमध्येकी एक हुनुहुन्छ– योगमाया न्यौपाने । उहाँ आजभन्दा १४६ वर्षअघि अर्थात् विसं १९२४ मा हालको भोजपुर जिल्लाको नेपालेडाँडा गाविसको सिम्ले भन्ने स्थानमा मध्यमवर्गीय परिवारमा जन्मनुभएको थियो । बाबु श्रीलाल न्यौपाने र आमा चन्द्रकला न्यौपानेकी एक मात्र छोरी योगमाया नेपालकी प्रथम क्रान्तिकारी, धर्मसुधारक, बलिदानी एवं तपस्वी नारीका रूपमा चिनिनुहुन्छ ।
रुकुम (पूर्व), साउन ६ गते । रुकुम (पूर्व) को भूमे गाउँपालिका–१ लुकुममा झाँक्री नाँच नाच्दै झाँक्रीहरु । यस नाँचलाई राके तिवार अर्थात् झाँक्री राम पनि भनिन्छ ।
सिन्धुपाल्चोक, जुगल गाँउपालिका– ६ मा एम्बुलेन्स जाने बाटोको अभावमा स्थानीयवासीले बिरामीलाई बोकेर स्वास्थ्य केन्द्र तिर लैजाँदै ।
कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष खेम गुरुङलाई पोखरा रङ्गशालास्थित फुटबल मैदान चिरिच्याट्ट बनेकामा निकै खुसी हुनुहुन्छ तर, भव्य रङ्गशालामा खेल गतिविधि कम हुँदा चिन्तित हुनुहुन्छ ।
नेपालको राजनीतिमा पछिल्लो समय विभिन्न ढङ्गबाट राजनीतिक छाल तरङ्गित भइरहेका छन्। फेद र टुप्पोबिनै जनतामा भ्रम छर्ने गलत राजनीतिक अभ्यास गर्ने क्रम पनि बढ्दो छ। पुराना राजनीतिक शक्तिलाई गाली गरेर कुनै ठोस योजना र लक्ष्यबिनाका युवा र नयाँ तथा वैकल्पिक शक्तिको नाममा उदाएका केही व्यक्तिको उग्रता पनि अशोभनीय छ। राजनीति सबै नीतिको मूल नीति हो। यो भावनाका छालमा लहरित भएर किनारा पुग्ने विषय पनि होइन। कुशल राजनीतिज्ञमा योजना हुनु पर्छ, विचार हुनु पर्छ र सबैभन्दा बढी जनअपेक्षीय चाहनालाई फत्ते गर्ने हुटहुटी। त्यस्तो पार्टीका रूपमा नेपाली जनतामाझ नेपाली कांग्रेस छ। कांग्रेसको जिरह सधैँ जनताको पक्षमा काम गर्नु हो। मुलुकमा प्रजातन्त्र ल्याएर जनताका लागि जनताले नै शास
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि विदेशबाट रु १५ लाख सहयोग प्राप्त भएको छ ।
विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) यो धर्तीमा आएको पनि १०८ वर्ष पुगिसकेको छ। आफ्नो ६८ वर्षको आयु नेपाल र नेपालीका लागि सुम्पेर २०३९ साल साउन ५ गते यो धराबाट बिदा लिनुभएका बिपीबारे अनगिन्ती लेखिए। उहाँको बहुआयामिक व्यक्तित्व र साहित्यिक पाटो तथा राजनीतिको यात्राबारे गहन अध्ययन अनुसन्धान भएका छन्। भइरहेका छन्। बिपीको व्यक्तित्व र कृतित्वको अनेक आयाममा १९ जना विद्वान्ले विद्यावारिधि गरिसकेका छन् भने स्नातकोत्तर तह र दर्शनाचार्य तहमा गरेर करिब पाँच सय जना अनुसन्धाताले शोध गरिसकेका छन्।