• १३ साउन २०८१, आइतबार

खेतमा रमाउँदै किसान (फोटो फिचर)

blog

धान रोप्दै किसान: काभ्रेपलान्चोकको पाँचखालस्थित समाजकल्याण नजिकैको खेतमा धान रोप्दै किसानहरू । पाकेको मकै घर भित्र्याएसँगै यहाँका किसानहरू धान रोप्न व्यस्त छन् ।

काठमाडौं, साउन ६ गते । 

रोपाइँको तयारी: तनहुँको व्यास नगरपालिका १० मा रोपाइँ गर्न हलगोरुबाट खेत सम्म्याउँदै कृषक । तनहुँमा लम्पी स्किनको सङ्क्रमण गोरुमा बढ्दा कृषकलाई खेत रोप्न सास्ती भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार  हालसम्म  लम्पी स्किनका कारण ४३ वटा गोरु जिल्लामा मरेका छन् ।  


धान रोपेको खेतमा धाँजा फाट्दै: घोराही उपमहानगरपालिका –१६ भगवानपुरमा स्थानीयले रोपेको खेतमा फाटेको धाँजा । साउन महिनामा समेत पर्याप्त पानी नपर्दा कतै रोपाइँ नै हुन सकेको छैन भने भएको ठाउँमा पनि पानी नहुँदा  खेतमा धाँजा फाट्न थालेको छ । तस्बिरः रासस