पूर्व सचिव तथा वाटर एसिया इन्टरनेशनलका अध्यक्ष डा. चिलोचन उप्रेतीको कृति ‘मैले देखेको नेपाल’ शनिबार सार्वजनिक भएको छ । कृतिमा २०३५ सालदेखि २०८० सम्मका प्रमुख राजनीतिक, सामाजिक, आर्थिक घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।
नेकपा (एमाले) दाङले अग्रज किसान सहिद गुम्रा थारुको सम्झना गरेको छ । २०१७ साल साउन ६ गतेका दिन घोराही उपमहानगरपालिका वडा ३ बेल्वामा किसानहरुको पक्षमा आवाज उठाएको आरोपमा तत्कालिन प्रहरी प्रशासनले उहाँको हत्या गरेको थियो ।
काठमाडौं, साउन ६ गते। क्यानडामा उच्च शिक्षाका लागि जाने तयारीमा रहेका र भिषा आइसकेका विद्यार्थीको आत्मविश्वास बढाउने र थप जानकारी दिने उद्देश्यले गोरेटो कन्सलट्यान्सीले अन्तरक्रिया गरेको छ। क्यानडा जानु अघि के कस्ता सामाग्रीको आवश्यकता पर्छ, भिषा आएको कति समयमा टिकट लिने, के के सामान लाने भन्ने लगायतका दर्जन बढी विषयमा अन्तरक्रियात्मक कार्यक्रमका अवसरमा जानकारी दिइएको थियो। सिनियर काउन्सलर तथा गोरेटोका सिइओ धिरज कँडेलले क्यानडा जानु पूर्व अपनाउनुपर्ने सावधानी, क्यानडा पुगिसकेपछि काम खोज्ने तरिका, लगायतका विषयमा जानकारी दिनुभयो। अर्का सिनियर काउन्सलर तथा एसओपी समीक्षक शतिस भट्टले विदेशमा विद्यार्थीहरु फ्रस्टेशनमा जाने संभावना बढी हुने भएकाले त्यसबाट कसरी बच्ने भन्ने विषयमा सावधानी अपनाउने तरिका, कसरी व्यस्त बन्ने ? परिवारसँग नियमित सम्पर्कमा कसरी आउने र मनोरोग लगायतका समस्याबाट बच्चे उपायहरुका बारेमा जानकारी दिनुभयो। कार्यक्रममा गोरेटोका सिनियर काउन्सलर प्रकाश रेग्मीले आफ्नो लामो समयको डेनमार्क बसाइको अनुभव सुनाउनुभयो।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै पनि दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई प्रधानमन्त्रीले गर्ने कार्यको जिम्मेवारी तोक्नु भएको छ ।
मधेश प्रदेशको धनुषा, महोतरी, सर्लाही र सिरहा जिल्लामा पर्ने हुलाकी सडक कालोपत्रे गर्ने निमार्णको काम गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी प्रगति भएको देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गर्नुभएको छ । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताउनु भएको छ ।
सुनसरीको इटहरी-१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित हुँदै लोभ र डरबाट मुक्त भएर देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभएको छ।
पाँचथरको कुम्मायक गाउँपालिकामा किसानलाई वितरण गर्न भनेर खरिद गरिएको बेसारको बीउ बोरामै उम्रिएको छ ।
काभ्रेपलाञ्चोकको कोसिपारिस्थित भुम्लु गाउँपालिका–७ भुम्लुको पाखो खेतमा धान खेतीले देखिएको हरियाली सुन्दर दृश्य ।
बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज (शनिबार) सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले बीपी राजमार्गको विस्तार तथा सुरुङ मार्ग निर्माणको विषयमा जापान सरकारसँग छलफल गरी काम अघि बढाउने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गर्नुभएको छ।