काठमाडौं, साउन ६ गते। क्यानडामा उच्च शिक्षाका लागि जाने तयारीमा रहेका र भिषा आइसकेका विद्यार्थीको आत्मविश्वास बढाउने र थप जानकारी दिने उद्देश्यले गोरेटो कन्सलट्यान्सीले अन्तरक्रिया गरेको छ।
क्यानडा जानु अघि के कस्ता सामाग्रीको आवश्यकता पर्छ, भिषा आएको कति समयमा टिकट लिने, के के सामान लाने भन्ने लगायतका दर्जन बढी विषयमा अन्तरक्रियात्मक कार्यक्रमका अवसरमा जानकारी दिइएको थियो।
सिनियर काउन्सलर तथा गोरेटोका सिइओ धिरज कँडेलले क्यानडा जानु पूर्व अपनाउनुपर्ने सावधानी, क्यानडा पुगिसकेपछि काम खोज्ने तरिका, लगायतका विषयमा जानकारी दिनुभयो।
अर्का सिनियर काउन्सलर तथा एसओपी समीक्षक शतिस भट्टले विदेशमा विद्यार्थीहरु फ्रस्टेशनमा जाने संभावना बढी हुने भएकाले त्यसबाट कसरी बच्ने भन्ने विषयमा सावधानी अपनाउने तरिका, कसरी व्यस्त बन्ने ? परिवारसँग नियमित सम्पर्कमा कसरी आउने र मनोरोग लगायतका समस्याबाट बच्चे उपायहरुका बारेमा जानकारी दिनुभयो।
कार्यक्रममा गोरेटोका सिनियर काउन्सलर प्रकाश रेग्मीले आफ्नो लामो समयको डेनमार्क बसाइको अनुभव सुनाउनुभयो।