नेपाल प्रहरीले ७२ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवा गरेको छ । जनपद प्रहरी समूह तर्फ ६४ जना, प्राविधिक समूह इन्जिनियरिङ तर्फ छ जना, स्वास्थ्य तर्फ दुई जना गरी ७२ जनालाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।
विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् । गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो ।
सिद्धिश्वोरमान अक्षलोक साहित्यिक केन्द्रले नेपाली तथा नेपाल भाषाको साहित्यमा विशेष योगदान पु र्याउनुभएका तथा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएका २३ जना व्यक्तित्व र दुई संस्थालाई सम्मान गरेको छ । राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा ‘अक्षलोक साहित्यिक पत्रिका’ को ६५ औ अंक तथा डा.सावित्री श्रेष्ठ ‘शिसा’र स्वर्णिमा श्रेष्ठको संयुक्त कविता संग्रह ‘असाधारण’ को विमोचन पनि गरिएको थियो । वरिष्ठ साहित्यकार मोतीलक्ष्मी शाक्यको प्रमुख आतिथ्य र सिद्धिश्वोरमान अक्षलोक साहित्यिक केन्द्रका अध्यक्ष स्वजन स्वराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डंगोल विशिष्ठ अतिथीको रूपमा उपस्थित रहनुभएको थियो ।
न्यु लुक मिस्टर नेपाल २०२३ को उपाधि पाइलट समर्पण कार्कीले हात पार्न सफल हुनुभएको छ । १९ जना प्रतिस्पर्धी पछि पार्दै कार्कीले उपाधि जित्न सफल हुनु भएको हो । शनिवार काठमाडौँमा आयोजना गरिएको नेक्स्ट मोडल नेपालले प्रतियोगिताको आयोजना गरेको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोशअनुसार अञ्चल भन्नाले किनार, तीर कुनै मुलुक वा प्रदेशको एक भाग, क्षेत्र, प्रदेश, घाटी, फेदी, सारी, पछ्यौरा आदिको छेउ वा किनारा, सप्को भन्ने बुझिन्छ । यसो भएपछि आञ्चलिक भन्नाले अञ्चल वा क्षेत्रसँग सम्बन्धित विषय हुने भए । सदरको अर्थ देश वा प्रदेशको केन्द्रीय स्थल, राजधानी, प्रधान, मुख्य, उचित हो । नगर वा मुख्य सहरदेखि बाहिरको ठाउँ जिल्ला, राजधानीभन्दा बाहिरको स्थललाई शब्दकोशले मोफसल भनेको छ । यो नै जनसामान्यको बुझाइ पनि हो तर कानुनका किताबमा जसरी ‘विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा’ भने झैँ साहित्यमा अञ्चल, आञ्चलिकता, सदर र मोफसललाई शब्दकोशले जसरी नै बुझ्नुपर्छ भन्ने छैन ।
स्वदेश फर्कदा होस् वा स्वदेशबाट विदेश प्रस्थान गर्दा उहाँको मन चसक्क हुने गर्छ । हवाईजहाजको बाक्लो सिसाबाट देखिने मातृभूमिको रमणीय दृश्यले उहाँको भावुक मनले यही प्रश्न बारम्बार सोधिरहन्छ– यति विशाल स्थानमा पनि मैले सानो जमिन पनि पाउन किन सकिनँ ? २६ वर्षको उमेरमा भारतीय नागरिकसँग बिहे गरिसकेपछि पनि उहाँको उही दुखेसो छ– मान्छेहरूको यो विधि भीडमा मलाई माया गर्ने र बिहेको प्रस्ताव राख्ने पनि कोही किन फेला पार्न सकिनँ यो भूमिमा ?
दाङमा सङ्घीय सरकारबाट आएको पुँजीगत बजेटमध्ये एक अर्ब बढी रूपियाँ फिर्ता भएको छ । आर्थिक वर्ष ०७९÷०८० मा सङ्घबाट पुँजीगत बजेट चार अर्ब ७५ करोड ८४ लाख ३३ हजार १९ रूपियाँमध्ये एक अर्ब ५ करोड ४२ लाख ३९ हजार ६४९ बजेट खर्च हुन नसक्दा फिर्ता भएको हो ।
जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो ।
जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।
मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत पर्ने विभिन्न खोलामा पुल नहुँदा बर्खा लागेसँगै खोलामा बाढी बढेपछि स्थानीयलाई आवतजावत गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि सकस हुन हुन थालेको छ । मार्तडी–कोल्टी सडकको दानसाँगु र कर्णाली कोरिडोर सडकखण्ड अन्तर्गत पर्ने बड्डीगाड, पिलुचौर, कवाडीलगायतका खोलामा पुल छैन । सडक भए पनि खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न र यातायातका साधन सञ्चालन गर्न समस्या भएको हो । पिलुचौर बड्डीगाड खोलामा बर्खा लागेसँगै पानीको बहाव बढ्दै गएपछि वारपार गर्न समस्या भएको जगनाथ गाउँपालिका–१ का स्थानीय व्यापारी मीनबहादुर कार्कीले बताउनुभयो ।
नेपाल सरकारले परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झारेर सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी ग्यासको उपयोगमा वृद्धि गर्ने लक्ष्य राखेको भए पनि बैतडी जिल्लामा भने ९५ प्रतिशत घरधुरी दाउरामा निर्भर रहेको पाइएको छ । यस जिल्लाको १० स्थानीय तहका ८४ वडामा रहेका ४५ हजार १९१ घर धुरीमध्ये ९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
आर्थिक वर्ष २०७९-८० मा ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले राजस्व सङ्कलनमा वृद्धि गरेको छ भने दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कमी आएको बताएको छ ।
भारतीय सीमासँग जोडिएको बाँकेको खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछ। भारतीय सीमानजिक रहेको यो पालिकामा पूर्वसैनिकहरूको ठुलो बस्ती छ । खजुरा बाँकेको व्यवस्थित बसोबास भएको र पुरानो बजार पनि हो। साबिकका बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर र रनियापुर गाउँ विकास समितिलाई समेटेर आठ वटा वडा कायम गरी यो गाउँपालिका बनेको हो। खजुरा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट डम्बरबहादुर विक गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो। खजुराको विकास निर्माणलगायतका विषयमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकसँग गोरखापत्रकर्मी गोविन्द शर्माले गर्नुभएको कुराकानीको सारसङ्क्षेपः