राजन रावतहुम्ला साउन ७ गते । सिमकोट गाउँपालिका-७ को चौगानफयाबाट च्याछरा पुग्ने सडककाे माथिबाट खसेकाे ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौगानफया गाउँका करिब ३६ वर्षीय बाग्मल शाही रहेकाे प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयाे । मृतक शाही आफ्नै दाइ राजेन्द्र शाहीसँग चीनको ताक्लाकोटतर्फ जाने क्रममा ढुङ्गा लागेकाे उहाँले बताउनुभयाे । यस्तै, जिल्लाबाट घटनास्थलतर्फ प्रहरी निरीक्षकको नेतृत्वमा एक प्रहरीको टोली पठाइएको प्रहरीले जनाएको छ । हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासी कामको लागि दैनिक चीनको ताक्लाकोट जाने गर्छन् ।
मर्चवार क्षेत्रका इष्टदेवी हुन्, मर्चवारीदेवी । उहाँको मन्दिर रुपन्देहीको मर्चवारी गाउँपालिका–५ मा अवस्थित छ । मर्चवारीदेवीको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्ती रहेका छन् । उहाँको शक्तिपीठ रातो रङ्गमा माटाको ‘पिण्ड’ आकारमा छ ।
नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ ।
म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् ।
सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ ।
पञ्चायत जन्मिनुअघि नै जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) स्थापनाको योजना बन्यो । त्यो योजना प्रजातन्त्र बहालीपछि वि.सं. २०१६ मा नेपाली कांग्रेसका सभापति बिपी कोइराला नेतृत्वको सरकारले बनाएको थियो तर जनकपुरमै कारखाना ल्याउने श्रेय भने सो सरकारका उद्योग तथा वाणिज्य मन्त्री रामनारायण मिश्रलाई दिने गरिएको छ ।
यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित हुनुभएकी छन् । छिरिङले यसै फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गर्न लाग्नुभएको हो ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पशु आहारा उत्पादन गर्ने उद्योग सञ्चालनमा आएसँगै कृषकहरूलाई राहत मिलेको छ ।
लाइफलाइन जनरल अस्पताल नेपालगञ्जका प्रमुख मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठका अनुसार बुटवलदेखि पश्चिममा पहिलो पटक नेपालगञ्जमा मात्र मृगौलाका बिरामीको उपचारमा थप सहजता ल्याउन यो सेवा सुरु गरिएको हो ।
कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ ।
आइतबारबाट पृथ्वीचोक सडकको दुबैतिर पार्किङ गर्न रोकिएको छ भने स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र गन दिइएको छ ।
कैलालीको गोदावरीस्थित रातोपानी सामुदायिक वन फँडानीको छानबिन गर्न समिति गठन गरिएको छ ।
राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीति पारित गर्नका लागि अहिले सञ्चालन समितिको बैठक बसिरहेको छ ।
वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सहसचिवहरु सरुवा गरेको जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताउनुभएको छ ।