ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई झापामा कार्यरत आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहानसहित तीन जनाविरुद्ध चार लाख रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।
‘धेरैले विदेशको कमाइले घरजग्गा जोड्छन् । गाउँबाट राजमार्ग छेउमा बसाइ सर्छन् । साथीभाइ छिमेकीले घरजग्गा किन्न सल्लाह दिन्छन् । तर म आत्मनिर्भर हुन खोजेँ । घरजग्गाको सट्टा गाई पालनमा लगानी गरेँ । अहिले मासिक १ लाख बचत भइरहेको छ’ कपिलवस्तु बाणगंगा नगरपालिका –६ भगलापुरका झविन्द्र पौडेलले बताउनुभयो ।
राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद प्रकरणमा भन्सार अधिकृतसहित छ जनालाई पक्राउ गरेको छ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ ।
उत्तरी गोरखाको सिर्दीबासका ७० जना भन्दा बढीमा हेपाटाइटिस ‘बी’ फेला परेको छ । चुमनुब्री गाउँपालिका –३ सिद्धिबासका १ हजार ५५० जनामा गरिएको परीक्षणमा हेपाटाइटिस ‘बी’ को सङ्क्रमण उच्च भेटिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनका सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन जियाजुनको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू जलविद्युत, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताउनु भएको छ ।
बैङ्क तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैङ्कले ऐनमा नै संशोधन गरिने भएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणीको हकमा विशेष व्यवस्था गर्ने बताउनुभएको छ।
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको सामाजिक सेवा इकाईबाट गत आर्थिक वर्ष २०७९-०८० मा नौ हजार बढी बिरामी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित हुनुभएको छ । आइतबार मध्यराति अनलाइनमार्फत सम्पन्न भएको मतदानमा तमुधिं युकेका निवर्तमान अध्यक्षसमेत रहनुभएका गुरुङले एक हजार ४७९ मत प्राप्त गर्नुभयो ।
धनकुटाका दुई पालिकामा कित्ताकाट खुलेको छ । जग्गा वर्गीकरण सम्बन्धी भू-उपयोग योजना स्थानीय राजपत्रमा प्रकाशन भएसँगै धनकुटाको महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकामा कित्ताकाट खुलेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहनुभएका नेता युआन जियाजुनले आइतबार दिउँसो भर्चुअल माध्यमद्वारा छलफल गर्नुभएको छ ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
देश कोरोना कहरमा भएको बेला नागरिकस्तरबाट सङ्कलित रकमबाट स्थापना गरिएको झापाको कनकाई-४ कोटीहोममा रहेको पीसीआर ल्याबका सम्पूर्ण सामग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ ।