फोहोर व्यवस्थापन गर्न प्रायः प्लास्टिकका सामग्री प्रयोग गरिन्छ। केही ठाउँमा यस्तो अभ्यास पनि भइरहेको छ। यसले वातावरण सुन्दर राख्नुका साथै मानिसलाई कामकाजी बनाउँदै आर्थिक उपार्जनमा टेवा पु¥याइरहेको छ। त्यस्तैमध्ये एउटा काम हो, ‘डोको डस्टबिन’ । उद्योग वाणिज्य सङ्घ रुकुमपूर्वले बजार क्षेत्रमा फोहोर सङ्कलनका लागि निगालोबाट बुनिएका ‘डोको डस्टबिन’ उपलब्ध गराएको छ। समुदायलाई स्थानीय स्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापमा अभ्यस्त बनाउन निगालोबाट निर्मित ‘डोको डस्टबिन’ उद्योग वाणिज्य सङ्घले निःशुल्क उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घ, रुकुमपूर्वका अध्यक्ष केबेन्द्र गौतमले बताउनुभयो।
दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बनाउने योजना अन्योलमा परेको छ। सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको योजना कार्यान्वयनका लागि बजेट अपुग भएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेटेको सङ्घीय सरकारले बजेटमा छुटाउँदा कार्यान्वयनमा अलमल देखिएको हो। सरकारले स्पष्ट बजेट नतोकिदिँदा अहिले अस्पताल निर्माणको काम अघि बढेको छैन। चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच भएको सम्झौता अनुसार एक सय शय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो तर बजेट व्यवस्थापनमा चुनौती भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले बजेट तोकेको छैन। अस्पताल निर्माणका काम अघि बढाउन बजेट व्यवस्थापनमा चुनौती बनेको छ।”
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले दमाहा बजाएर लिफ्टिङ खानेपानी योजनाको धारा उद्घाटन गर्नुभएको छ । विगतमा खानेपानीको समस्याका कारण बुहारीसमेत नपाउने सो गाउँमा मन्त्री धामीले दमाहा बजाएर सर्वसाधारणलाई छलिया नृत्यमा नचाउनुभएको थियो ।
कैलालीको गेटा मेडिकल कलेजलाई एक सय शय्याको अस्पतालका रूपमा सञ्चालनको तयारी थालिएको छ । यसका लागि सरकारले चालु आवमा आवश्यक बजेट व्यवस्था गरेको छ । साउन मसान्तबाट अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि आवश्यक तयारी थालिएको गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशीले बताउनुभयो । “तत्कालका लागि एक सय शøयाको अस्पताल सञ्चालन गर्न निर्देशनसहितको जानकारी आएको छ,” उहाँले भन्नुभयो, “त्यसैका लागि अहिले तयारी भइरहेको छ ।”
कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ ।
उदयपुर जिल्लाको मुख्य व्यापारिक नाका तथा तराई र पहाड जोड्ने केन्द्रका रूपमा रहेको त्रियुगा नगरपालिकाभित्रै जिल्ला सदरमुकाम गाईघाट पनि पर्छ। चुरे, भित्री मधेश र पहाड गरी तीन किसिमको भौगोलिक बनावट रहेको यो नगरपालिका ५४७.४३ वर्गकिलोमिटरमा फैलिएको छ। ‘स्वस्थ शिक्षित उद्यमशील हाम्रो सहर, समुन्नत समावेशी समृद्ध त्रियुगा नगर’ भन्ने आदर्श वाक्यका साथ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतसँग नगरको विकास, सम्भावना र चुनौतीलगायतका विषयमा गोरखापत्रका भक्तिविलास पोखरेलले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
नेपालको लोकतन्त्रवादी राजनीतिक वृत्तमा श्रद्धाका दुई मिति छन्– साउन ६ र ७ गते । नेपाली राजनीतिका दुई शिखरपुरुष बिपी कोइराला र पुष्पलालको स्मृति दिवस हुन् यी । यी दुई व्यक्तित्वले निरङ्कुशताविरुद्ध स्वतन्त्रता, न्याय र विकासका लागि आफ्नो जीवनकालमा दुई फरक राजनीतिक धारलाई नेतृत्व दिनुभएको थियो । जनता र देशको हितार्थ आफ्नो सैद्धान्तिक आस्था र आदर्श अगाडि बढाउन पार्टी सङ्गठनको स्थापना एवं विस्तारमा जीवन बिताउनुभएका नेताद्वयकै धा
विक्रम संवत्को साउन पहिलो साता नेपाली राजनीतिले सम्झिरहने दिन हुन् । एक जना प्रजातन्त्रवादी नेता बिपी कोइराला (सान्दाइ) र अर्का कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ (माल्दाइ) लाई स्मृति दिवसका रूपमा सम्झना गर्ने गरिन्छ । सान्दाइको सम्झनामा एकाध गोष्ठी र वृक्षरोपण गरेर सम्झिने गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव माल्दाइलाई यताका वर्षमा अझै धेरै सम्झना गर्ने गरिएको छ । बाचुञ्जेल त माल्दाइले गद्दार, संशोधनवादी, नेपाली कांग्रेसको दलाल पगरी भिरे ।
गत आर्थिक वर्ष २०७९-०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन ।
‘यो पुस्तक त हामी सबैले पढनु पर्ने रहेछ’ सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले तयार गराई प्रकाशित गरेको साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक र डिजिटल साक्षरता पुस्तक साउन ४ गते प्राप्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्रीसमक्ष भन्नुभयो “तपाईहरूले पनि पढ्नुहोला । मलाई त काम लाग्ने पुस्तक लाग्यो ।” सूचना प्रविधिको विकास, विस्तारसँग आएका अवसरलाई ग्रहण गर्न र चुनौतीको सामना गर्न डिजिटल साक्षरता आवश्यक हुन्छ भन्ने ठानेर प्रकाशित गरिएका ती पुस्तकप्रति प्रधानमन्त्री प्रचण्डको मोहका पछाडि सूचना प्रविधिका बारेमा उहाँ थप जान्न इच्छुक हुनुहुन्छ र केही काम गरेर देखाउन चाहनुहुन्छ भन्ने बुझिन्थ्यो ।
जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मानसरोवर बहुमुखी क्याम्पसमा नौ वर्षपछि पठनपाठन सुरु भएको छ । क्याम्पस व्यवस्थापनले आंशिक प्राध्यापकहरूको व्यवस्था गरेपछि क्याम्पसमा पठनपाठन कार्य सुरु भएको हो ।
अठारौँ शताब्दीका एक महान् दार्शनिक जिन ज्याक रुसोले भनेका छन् ‘मानिस स्वतन्त्र जन्मिन्छ तर साङ्लाले बाँधिन्छ ।’ हो, हाम्रो समाजमा पनि यस्ता कैयौँ सामाजिक साङ्ला छन्, जसले हामी सबैलाई कुनै न कुनै किसिमले बाँधेका छन् । जात, भात, छुवाछुत, तल्लो, माथिल्लो जात, पानी चल्ने नचल्ने, यस्ता कैयौँ साङ्ला छन्, जसबाट कम, बेसी हामी सबै बाँधिएका छौँ । फलस्वरूप, शताब्दीयौँदेखि क्षेत्रीको घरमा जन्मनासाथ त्यो बच्चा क्षेत्री हुने, ब्राह्मणको घरमा जन्मनेबित्तिकै त्यो बच्चा ब्राह्मण हुने,
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रविधिमा भइरहेको विकास अनुसार टेलिकमले आफ्नो क्षमता र प्रविधि विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल टेलिकम वर्कर्स युनियनको ३२ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले प्रविधिमा भएको परिवर्तन अनुसार कम्पनीले आफूलाई पनि परिवर्तन गर्नुपर्ने बताउनुभएको हो । “ल्यान्डलाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रदान भइरहेको छ । प्रविधि र सफ्टवेयरमा छिटोछिटो परिवर्तन हुनुपर्ने अवस्था छ । यस्तो परिवर्तनसँगै टेलिकमलाई पनि समय अनुसार परिवर्तन हुनुपर्ने चुनौती छ,” उहाँले भन्नुभयो ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा पनि उच्च अङ्कले सुधार आएको छ । नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यादेखि सुधारतर्फ लम्केको सेयर बजार आइतबार उच्च अङ्कले सुधारिएको छ भने कारोबार रकममा पनि बढोत्तरी आएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितोकर्जाको जोखिमभार पुनरवलोकन गर्ने घोषणा गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । राष्ट्र बैङ्कले यसअघि सेयर कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पु¥याएको थियो ।
महालक्ष्मी साहित्य पुरस्कार–२०७९ वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाज, हेटौँडाको संयोजनमा भएको पुरस्कार वितरण एवं काव्य वाचन समारोहमा प्राडा भट्टराईलाई पुरस्कार समर्पण गरिएको हो । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले ५१ हजार रुपियाँ राशिको उक्त पुरस्कारसहित सम्मान गर्नुभएको थियो । कार्यव्रmममा केशवलाल स्मृति पत्रकारिता पुरस्कारबाट हेटौँडामा व्रिmयाशील पत्रकार सुरेश श्रेष्ठलाई प्रदान गरिएको छ । स्थानीय समाजसेवी ईश्वर मैनालीले आफ्ना पिताको नाममा स्थापना गर्नुभएको पुरस्कारको राशि सात हजार पाँच रुपियाँ रहेको छ ।