झापा गाउँपालिका–४ मा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । ग्रामथानका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल–भारत सीमानजिकै रहेको खाल्डोमा खेल्नेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् ।
सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लाग्न थालेपछि किनमेल गर्न सीमापारि सुनौलीबजार जाने उपभोक्ता घटेका छन् । सामान किनमेल गर्न बिहानदेखि साँझसम्म सिमावर्ती भारतको सुनौली र नौतनवा पुग्ने नेपाली उपभोक्ताको बिगतजस्तै भीड हिजोआज बेलहिया नाकामा छैन ।
नेपालगञ्ज डुबानबाट जोगाउन सहरभरिको पानी निकासको मुख्य नाला र पुललाई फराकिलो बनाउन थालिएको छ ।
दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केही वर्ष पहिलेसम्म यहाँको ग्रामीण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकामा पछिल्लो समय आयोडिन नुनको बिक्रीवितरण बढेको छ ।
उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाका लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।
पुतलीबजार नगरपालिका –३ कुमालगाउँमा रहेको जिल्ला अस्पताल नौ महिनादेखि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) विहीन बनेको छ । गत कात्तिक १५ गते मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यको लमजुङ सरुवा भएसँगै अस्पतालका वरिष्ठ स्टाफ नर्स कृष्ण कार्कीको नेतृत्वमा चल्दैआएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ ।
बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र यातायातका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् ।
इजरायली प्रधानमन्त्री नेतन्याहूलाई शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज गरिएको शेबा मेडिकल सेन्टरले सोमबार जनाएको छ ।
बारामा बर्खे धान ६० प्रतिशत मात्र रोपाइँ भएको छ । लामो समयसम्म पानी नपरेपछि यहाँका किसानले भूमिगत सिँचाइको माध्यमबाट रोपाइँ गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा एक वर्षमा २२ उजुरी फर्छ्यौट भएका छन् ।
अर्सा, सेल रोटी र बटुक भन्ने बित्तिकै चाडपर्व, विवाह र विशेष उत्सवमा तयार गरिने परिकारको रुपमा लिइन्छ । विशेष दिनका लागि मात्र होइन, पाल्पाको रामपुर ४ देवीस्थानमा दैनिक यी परिकार पाक्ने गर्छन् ।
पूर्वी नवलपरासीका सामुदायिक वनहरुले जडीबुटीको पहिचान गर्न नसक्दा यसको प्रयोग गर्न सकेका छैनन् भने संरक्षणको अभावले खेर गइरहेकाे छ ।
नेपालगन्जस्थित नेपालगन्ज भन्सार कार्यालयमा भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउन भनेर ल्याइएको लगेज स्क्यानर मेसिन बिग्रेको बर्षौं भइसक्यो । भन्सार कार्यालयले मेसिन मर्मत नगर्दा यात्रुको लगेज चेकजाँचमा समस्या भएको छ ।