प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लागु गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी भएको बताउनुभएको छ । खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सोमबार सम्बोधन गर्दै उहाँले विद्यालय खाजा कार्यक्रम नेपालका सफल कार्यक्रममध्येको एक रहेको उल्लेख गर्नुभयो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को नक्कली कार्यालय स्थापना गरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले कार्यालयमा उपसचिव तथा कार्यालय प्रमुख रहेका जयराम केसी भनेर चिनिने घनश्याम कटुवाल र अधिकृत लीला भोलनलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जुछे विचार विश्वभर उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ। उत्तर कोरियाली नेता किम इल सुङको नेतृत्वमा क्रान्ति भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले जुछे विचार जनतालाई एकताबद्ध गर्ने उत्कृष्ट विचार भएको उल्लेख गर्नुभयो।
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणताका करिब चार वर्षअघि विक्रम संवत् २०७६ साल असोज २५ गते नेपाल र चीनबिच भएका सहयोग सम्झौता कार्यान्वयनमा तीव्रता दिइने भएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को निमन्त्रणामा हाल नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले यस्तो प्रतिबद्धता जनाएको हो।
इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डी म्याकअनबीच भेटवार्ता भएको छ ।
एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका फार्मेसीको अनुगमन गर्ने निर्णय गरेलगत्तै जिल्ला प्रशासन कार्यालय नवलपुर एक्सनमा उत्रेको छ । कार्यालयले सोमबार जिल्ला सदरमुकाम कावासोतीमा रहेका फार्मेसीको अनुगमन गरेको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१० कि एक बालिकाको भिरबाट खसेर ज्यान गएको छ । सो वडाकी चुनगाउँकी बिमला खड्का रावतको १२ वर्षीया छोरी सिर्जना रावतको स्थानीय सेलाजुखोला जंगलमा रहेको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार्यवाहक प्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताउनुभएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सडेको अवस्थामा शव फेलापरेको छ । सोमबार गाउँपालिकाको वडा ६ उज्ज्वलपुरमा शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानामगरले बताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पोषणको अवस्थामा सुधार ल्याउन तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
शहीद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी सुरु गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी बहिर्गमित लडाकुहरूको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
‘नेक्स्ट सुपर मोडल नेपाल’को उपाधि गायत्री गोसाईंले जित्नुभएको छ ।