लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको २०औँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ । सोमबार विशेष स्थगन बैठक आज बस्ने बस्न लागेको प्रदेश सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज दशाँै स्मृति दिवस । विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मनुभएका संस्थापक सदस्यको २०७० साल साउन ९ गते काठमाडाँैमा निधन भएको थियो ।
पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार ६९ जिल्लाबाट चार हजार २८९जनामा डेंगु पुष्टि भएको छ । यसै गरी हालसम्म सुनसरी जिल्लाबाट तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिनुभयो । डा मरासिनीका अनुसार डेंगु पुष्टि कोशी प्रदेशमा सबैभन्दा बढी रहेको छ ।
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा भएको सेनेटरी प्याड न्यून गुणस्तर र समय गुज्रिएको पाइएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ ।
ओखलढुङ्गा सदरमुकाम नजिकै जिविस खोरिया टोलमा पहिरोले तीन घरमा क्षति पुर्याएको छ ।
बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । बुटवल मजुवा स्थित तिनाउ नदिका बिचमा दाउरा खोज्न र माछा मार्न गएका पाखा पानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल १४ कैलाश नगरका जनक घर्तीलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको हो ।
बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेकोे जानकारी दिनुभयो ।
गाउँघर नजिकका तालतलैया क्षेत्र सुक्न थालेपछि इनारमा पानी आउन छाड्यो। गर्मीमा त पानीको समस्या झनै बढ्न थाल्यो। तालतलैयाको संरक्षण नहुँदा पानीका मुहानहरू पनि सुक्न थालेका थिए। अहिले गाउँघर वरपरका तालतलैयाको संरक्षण समुदायस्तरबाट हुन थालेपछि पानीको मुहानमा पानी आउन थालेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्पदाहरूको खोजी गरी मौलिक रूपमा संरक्षण गर्ने बताउनुभएको छ। सोमबारदेखि सुरु भएको लुम्बिनी विकास कोष परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमै संरक्षण गर्नुपर्ने बताउनुभएको हो। विदेशीको नक्कल गर्दा सम्पदा क्षेत्रभित्र पार्क, फाइभ स्टार होटल जस्ता संरचना बन्न थालेको भन्दै त्यसो हुन नदिने पनि उहाँले उल्लेख गर्नुभयो। कोषका अध्यक्षसमेत रहेका मन्त्री किरातीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताउनुभयो।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा छ। जिल्ला सदरमुकामसमेत यसै नगरपालिकामा पर्ने भएकाले पनि आर्थिक सामाजिक भौतिक संरचना निर्माण, शैक्षिकलगायत स्वास्थ्य र सडक विकासको दृष्टिले पनि अन्य स्थानीय तहभन्दा धेरै महत्व छ। ठुलीभेरी नगरपालिकाका प्रमुखमा श्वबर्णकुमार बुढा हुनुहुन्छ। नेपाली कांग्रेसबाट प्रमुखमा निर्वाचित बुढाले दुर्गम नगरपालिकाको विकासका लागि क्षमताले सके अनुसारको काम गर्न लागेको बताउनुभयो। प्रस्तुत छ, नगर प्रमुख श्वबर्णकुमार बुढासँग गोरखापत्रका विष्णुप्रसाद देवकोटाले गर्नुभएको कुराकानी :
जुम्लाको आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट सङ्क्रमित भएका छन् । जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार पाँच सय गाईभैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुगु शाखा कार्यालयले आवश्यकता अनुसारको चामल आपूर्ति गर्न सकेको छैन। खाद्यले आर्थिक वर्ष २०७९/८० मा नियमित कोटा अनुसार ११ हजार ८९० क्विन्टल चामल ल्याएको थियो। हाल एक हजार क्विन्टल चामल मौज्दात रहेको जनाइएको छ। कार्यालय प्रमुख पुष्कर भामका अनुसार जिल्लाको शाखा कार्यालयमा अनुदानका चामलको कोटा कम हुँदा जिल्लाका नागरिकको माग अनुसार वितरण गर्न सकिएको छैन।