उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभएको छ।
पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौँ महानगरपालिका–३२ स्थित शङ्खमुल घाटमा स्थानीयले गरेका ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौँ महानगरले अवरोध गरेको हो ।
धनुषाको मिथिला नगरपालिकाभित्रका खेतीयोग्य माटोको उर्वराशक्ति कमजोर बन्दै गएको छ ।
डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा वन संरक्षणमा जिल्लामा अब्बल ठहरिएका सामुदायिक वन उपभोक्ता समितिहरूलाई नगद सहित पुरस्कृत सहित सम्मान गरिएको हो ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गर्नुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै कांग्रेस निधीले यस्तो बताउनुभएको हो ।
अविरल वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध बनेको छ । अर्घाखाँचीको नरपानी, घुम्ती, दहखोला, भुवनपाटा र ठाडामा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो ।
पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोड्नु भएको छैन । विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामग्री बनाउने सीप सिकाउने भएकाले उहाँ विद्यालय आइरहनुभएको छ ।
झापाको बिर्तामोडदेखि फिदिमतर्फ आउँदै गरेको ट्याक्सी फिदिम २ सामदिनमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिकाले कृषकहरूलाई ४४ लाख बढी अनुदान प्रदान गरेको छ ।
भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो ।
रातिदेखि परेको वर्षातका कारण देउखुरीको अधिकांश भाग डुबानमा परेको छ । देउखुरीको गढवा, राप्ती राजपुर र लमहीका धेरै भागहरु डुबानमा परेपनि हालसम्म मानविय क्षती भने भएको छैन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएको छ ।