देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले म्याद गुर्जेका औषधी बेच्ने र दर्ता नभएका पसलमा ताला लगाएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयले कपिलवस्तु नगरपालिकामा ४, मायादेवी गाउँपालिकामा ४ र शुद्धोधन गाउँपालिकामा एक गरी नौ वटा औषधि पसलमा अनुगमन गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राख्नुभएको छ ।
निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ।
फिफा महिला विश्वकप फुटबलमा फिलिपिन्स र कोलम्बियाले सफलता हात पारेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हरायो । समूह ‘एच’ को अर्को खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले स्तब्ध बनायो ।
जुम्लामा नुन नपाईएको भन्दै साल्ट ट्रेनिङ कार्यालयमा नागरिकले तोडफोड गरेपछि वडाबाट नुन वितरण गर्न सुरु गरिएको छ । नेपाल साल्टट्रेनिङ कार्यालयले वडामा नुन पठाउन सुरु गरेपछि वडा कार्यालयले वितरण गर्न सुरु गरेको हो ।
एक हप्तादेखि सञ्चालनमा आएको कालीगण्डकी कोरिडोरको पूर्वी नवलपरासी खण्ड सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको छ ।
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताउनुभएको छ ।
दुई हप्तादेखि कर्णाली कोरिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–१ को खच्चदेखि सलीसल्लासम्मको सडक अवरुद्ध भएको छ । खच्चमा माथिबाट आएको पहिरोले सडक पुरिँदा यातायातका साधन अवरुद्ध हुँदै आएका हुन् ।
बाँकेमा पछिल्लो समयमा आएर डेंगुका बिरामी भेटिन थालेका छन्। चिकित्सकका अनुसार केही दिनयता अस्पताल र क्लिनिकमा डेंगुका बिरामी उपचारका लागि आउनेक्रम सुरु भएको छ।
अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव डा. टोकराज पाण्डेयलाई दिएको छ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक्लै हिँडेर गन्तव्यमा नपुग्ने भन्नुहुँदै टिम बनाएर अघि बढ्नुपर्ने बताउनुभयो। ४१ औँ बिपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्नुहुँदै उहाँले देशलाई सम्पन्न गराउन यसको आवश्यकता रहेको धारणा राख्नुभयो।
गोरखामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चार जनालाई परिचयपत्र वितरण गर्नुभएको हो। गोरखा नगरपालिका वडा–३ का सुरज बस्नेत, गोरखा नगरपालिका वडा नम्बर १ की आकृति भट्ट, निर्मला ढुङ्गाना र बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर–३ का जानुका आले मगर गृहमन्त्री श्रेष्ठको हातबाट परिचयपत्र पाउनुभएको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले ताप्लेजुङस्थित टिपताला भन्ज्याङमा रहेको नेपाल–चीन सीमास्तम्भको निरीक्षण गरेको छ।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ ।