लागुऔषध प्रयोगकर्ता झापा कमल गाउँपालिका–६ का विवेक ग्वालालाई विराटनगर–१६, हुलास चोकबाट प्रहरीले नियन्त्रणमा लियो। विभिन्न प्रकारका २६ एम्पुल लागुऔषध लिन झापाबाट ग्वाला भारतीय बजार जोगबनी आएर फर्किदाँ प्रहरीले पक्राउ गरेको हो। एकै दिन झापा र मोरङबाट प्रहरीले ग्वालासहित पाँच जनालाई पक्राउ गरेको थियो। पथरीशनिश्चरे–१ बाट एक ग्राम एक मिलिग्राम ब्राउनसुगरसहित शैलेश गुरुङ, झापा बिर्तामोड–४, भद्रपुर रोडबाट एक ग्राम एक मिलिग्राम ब्राउनसुगरसहित रवि चौधरी, प्रियान्स साह र विशाल विकलाई पक्राउ ग¥यो। कोशी प्रदेशमा बढ्दो लागुऔषध प्रयोग र कारोबारले सुरक्षा चुनौतीसँगै युवालाई नराम्रोसँग कुलतमा फसाउन थालेको यो घटनाले पुष्टि गरेको छ। लागुऔषध प्रयोगकर्ता लतमा फसेपछि परिवारबाट टाढिने गरेका छन्।
इनरुवा नगरपालिकामा ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रूपमा पुराना कला संस्कृतिको संरक्षण गर्न नेपाल उराउ आदिवासी जनजाति प्रतिष्ठानले उराउ जनजाति सङ्ग्रहालय निर्माण गरेको छ। इनरुवा नपा–२ को लक्ष्मीनारायण मन्दिर नजिकै संस्कृति पहिचान झल्किने उराउको जातीय पहिचानसहितको कला, कौशल र पहिरन, खेतमा काम गर्दाको बखत प्रयोग भएको सामग्री राख्ने गरी सङ्ग्रहालय निर्माण गरिएको हो।
सर्वोच्च अदालतको पूर्ण इजलासमा आज कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर भएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा विपत् पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा उहाँले विपत् आउनु अगाडि नै प्रभावित हुन सक्ने क्षेत्र पहिचान गरेर तयारी गर्न निर्देशन दिनुभएको हो। उहाँले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेका गोदाम घर चालु अवस्थामा राख्न पनि निर्देशन दिनुभयो। बैठकमा मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० र प्रदेश विपत् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो।
भरतपुरबाट माडी प्रवेश गर्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु भएको छ। हुलाकी सडकखण्ड अन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एक मात्र सडक हो। यो भत्केर आवतजावत गर्न समस्या भएपछि मर्मत सुरु गरिएको हो। माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्रको सडकमा काम गर्न जटिल भएको बताउनुभयो। उहाँले सडकमा परेको खाल्टो, भत्केको स्थानमा पुरेर यातायात सहज बनाउन लागिएको जानकारी दिनुभयो।
खाद्य जीवन, संस्कृति र पहिचानको आधार हो । खानाकै लागि हामी काम गर्छौं । खाना आवश्यकता अनुसार उपलब्ध भएन भने व्यक्तिको जीवन–स्वस्य मात्र होइन, समाज, देश र विश्व सञ्चालन प्रणालीमै गडबडी सिर्जना हुन्छ । त्यसैले प्रत्येक व्यक्तिलाई आवश्यकता अनुसार पर्याप्त, पौष्टिक, स्वच्छ खानामाथि भौतिक एवं आर्थिक पहुँचको अवस्था अर्थात् खाद्य एवं पोषण सुरक्षामा विश्व समुदाय तरङ्गित हुने गरेको छ । यति खेर विश्व खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित खाद्य प्रणाली सम्मेल
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालय पहिरोको जोखिममा परेको छ । विद्यालयदेखि तलको जमिनमा पहिरोका कारण चिराचिरा भएसँगै कक्षा कोठा पहिरोको जोखिममा परेको हो ।
नेपालमा प्राविधिक शिक्षाको बारेमा बहस चल्न थालेको दशकौँ भइसक्यो । अहिले देशलाई गरी खाने शिक्षा चाहिएको छ । आजका सन्ततिलाई दुई–दुई विषयमा डिग्री पास गरेर झोलामा प्रमाणपत्र बोकी जागिर खोज्न विदेशतिर लाग्नुपर्ने शिक्षा चाहिएको छैन । हो, प्राविधिक शिक्षाले बेरोजगारीको बढ्दो समस्यालाई हल गर्न केही हदसम्म सहयोग गरेकै छ । यसले व्यावहारिक सिप र ज्ञानका साथै व्यावसायिक सिप सिकेर भावी दिनमा रोजगारीका सम्भावना पहिल्याउन विकल्प दिएको छ । यस आलेखमा प्राविधिक शिक्षा ः सिप, रोजगारी र आर्थिक विकासका बारेमा प्रकाश पारिने छ । रोजगारी सिर्जना र आर्थिक वृद्धिलाई अगाडि
नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपाली कांग्रेसभित्रको अन्तर्घातले ठुलो विकृति निम्त्याएको बताउनुभएको छ । सर्लाहीको धनकौल बजारमा बुधबार कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ देउवाले पार्टीभित्रको अन्तर्धातकै कारण कांग्रेसले चुनाव हार्ने गरेको बताउनुभयो । “३६४ दिनसम्म कांग्रेस हुने तर मतदानको एक दिन कम्युनिस्ट तथा अन्य पार्टीमा लाग्नेहरूका कारण हामीले चुनाव हार्ने गरेका छौँ,” नेतृ देउवाले भन्नुभयो, “हामी हाम्रै कारणले चुनाव हार्छौं, हामीलाई कसैले हराउनु पर्दैन ।”
सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ ।
शाखा अधिकृत पदका लागि लोक सेवा आयोगले लिएको पहिलो चरणको परीक्षाको नतिजा हालै सार्वजनिक भयो । २०७९/८० का लागि ३१८ जना शाखा अधिकृत पदको विज्ञापन खुलेकोमा १५ हजार ९८४ जनाले परीक्षा दिएका र त्यसमध्ये पाँच हजार ९६७ जनाले मात्र पहिलो चरण उत्तीर्ण गरेको लोक सेवा आयोगको तथ्याङ्कले देखाउँछ । अर्थात् यस पटक शाखा अधिकृतको विज्ञापनमा कुल माग गरिएको पदसङ्ख्या भन्दा ५० गुणा धेरैले आवेदन गरेका छन् । त्यस्तै लोक सेवा आयोगको ६३ औँ वा
कपिलवस्तुमा अवैध भारतीय रुपियाँ र स्रोत नखुलेको नेपाली रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायः जसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ ।
मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ ।
गौतम बुद्धका आदर्श शिक्षा र उहाँका सम्पूर्ण ज्ञानहरुमा आधरित दोलखाको बिगु गाउँपालिका–१ स्यालुको स्यप्लुङ ओगेन दोङग छ्योलिङ् गोन्पा गुम्बा महत्त्वपूर्ण हुँदाहुँदै ओझेलमा परेकोमा स्थानीय चिन्तित बनेका छन् ।