बाँकेका पशु चौपायामा तिव्र गतिमा लम्पी स्किन रोग फैलिंदै गएपछि सोविरुद्धको भ्याक्सिन लगाउने कामलाई पनि तीव्र पारिएको छ । लम्पी स्किन नियन्त्रणका लागि ढिलोगरी प्राप्त भएको खोपलाई तिव्र गतिमा लगाउने काम भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ ।
एउटा अध्ययनले के देखाएको छ भने दुई लाख ४० हजारदेखि पाँच लाख वर्ष पहिले मानव पुर्खाले आफ्ना मान्यजनको शवको नियोजित अन्त्येष्टि गर्न सुरु गरेका थिए, यद्यपि यसमा आमसहमति बन्न सकेको छैन। माछा मार्ने, चित्रकला बनाउने तथा औजारका रूपमा पाताहरूको प्रयोगसँगै मृतकको नियोजित अन्त्येष्टिलाई ‘होमो सेपियन्स’ र लोप भइसकेका मानव पुर्खाबीचको भिन्नता जनाउने एक परिभाषित विशेषता मानिएको
देशभर महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोगले खोटाङमा रोपाइँ प्रभावित भएको छ । लम्पी स्कीन रोगले जोत्ने गोरु मरेपछि धान हरियो हुनुपर्ने समयमा किसानका खेत बाँझै छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोपीडित परिवारका लागि अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको छ । गत असार पहिलो साता भीषण वर्षासँगै गएको पहिरोका कारण पीडित तथा प्रभावित बनेका परिवारलाई स्थानान्तरण गर्न अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको हो ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्य सडकको दुवै किनारमा वृक्षरोपण गरेको छ । ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत आरटीओ सडकमा बिरुवा लगाइएको छ ।
काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् ।
बाँकेका आठ वटा पालिकाका न्यायिक समितिमा गत आर्थिक वर्षमा एक हजार ५३ वटा उजुरी दर्ता भएका छन् । आठ पालिकामध्ये सबैभन्दा बढी खजुरा गाउँपालिकाको न्यायिक समितिमा चार सय ४९ उजुरी दर्ता भएको छ ।
पाल्पा जिल्ला अस्पतालमै उपचार गर्ने जिल्लाभित्रका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ ।
भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्द्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।
पछिल्लो समयमा आएर अन्य प्रकारका विभिन्न आपराधिक घटनासहित बाँकेमा आर्थिक अपराधका घटनाहरू पनि बढ्दै गएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय डोल्पामा सवारी दुर्घटना न्यूनीकरण हुँदै गएको पाइएको छ ।
बाँके जिल्लामा गत आर्थिक वर्ष २०७९-०८० मा ३२ जना सर्वसाधारणको पानीमा डुबेर मृत्यु भएको छ ।
मधेश तथा मुस्लिम समुदायका बालिकालाई विद्यालयमा टिकाउनका लागि बाँकेको जानकी गाउँपालिकाले कन्या विद्यालय सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो ।