पर्खाइमा बसेका आँखाहरू प्रगाढ मायाको ध्वनि सुन्न आतुर कानहरू मुटुका ढुकढुकीको प्रतीक्षामा टोलाएका मनहरू न त सुसेलीका भाका बुझ्छन्
सदरमुकाम सिमकोटको रिङरोड निर्माणका लागि विनियोजित बजेट वर्षेनी फ्रिज जाने गरेको पाइएको छ । सिमकोट गाउँपालिका– ५ का स्थानीय जग्गा धनी उपभोक्ताहरुले समयमै काम सुरु नगर्नु र असार अन्तिममा काम गर्ने प्रबृतिका कारण सो बजेट फ्रिर्ता जाने गरेको हो ।
नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
आजभन्दा एक सय ११ वर्षअघि उत्तरी आन्ध्र महासागरमा डुबेको ‘टाइटानिक’ पानीजहाज यतिबेला पुनः चर्चामा छ। संसारभरका सञ्चार माध्यममा टाइटानिक छाएको छ। टाइटानिकको भग्नावशेष हेर्न गएका पाँच पर्यटकको समुद्रमै डुबेर निधन भएको छ। ‘टाइटन’ नामक पनडुब्बीमा टाइटानिक हेर्न जानेहरूमा पाकिस्तानी मूलका बेलायती अर्बपति दाउद शाहजादा र उनका १९ वर्षीय छोरा सुलेमान, बेलायती अर्बपति हमिश हार्डिङ, पल–अन्री नार्गेओ र ओसनगेट कम्पनीका प्रमुख स्टक्टन रस थिए।
मानव जातिले पाएको अतुलनीय वरदानमध्ये एक हो बोली। एकैछिन कल्पना गरौँ, बोली नभएको भए मानव समाज कस्तो हुन्थ्यो होला ?, बोलीको अभावमा विचार र भावना साटासाट गर्न कति कठिन हुन्थ्यो होला ? बोलीले नै मानव अभिव्यक्ति सशक्त हुन गएको छ। बोलीले मानव अभिव्यक्तिलाई मात्र होइन मानव सभ्यता उन्नत अवस्थामा पु-याएको छ। बोलीबाटै मानव सभ्यताको अकल्पनीय विकास र विस्तार हुन सम्भव भएको भन्न सकिन्छ। मानव अभिव्यक्ति र सभ्यतामा जीवनदायिनी भूमिका खेल्ने
बाँकेस्थित राप्ती नदीको बीचमा रहेको टापुमा फसेका पाँच जना स्थानीयको उद्धार गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका– ४, लालपुरस्थित नदीको बीच टापुमा फसेका पाँच जना स्थानीयको सकुशल उद्धार गरिएको हो ।
नेपाल तरुण दल धनकुटाले अनाथ बालबालिकालाई शैक्षिकसहित खाद्यान्न सामग्री वितरण गरेको छ ।
सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्य हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुग्नुभएको छ, पाल्पाको रामपुरका अनुप काफ्ले ।
टीकापुर इन्दै्रयाका माघु थारू स्थानीयस्तरमा जमिनदारका रूपमा परिचित हुनुहुन्छ। उहाँसँग कुनै समय ३० बिघा आठ कट्ठा १२ धुर जग्गा रहेको थियो। यतिको जग्गाका मालिक माघुका सात छोरा र एक छोरी छन्। जमिनदार माघुले २०३५ सालमा दुई जना आश्रित (टुहुरा) भुखाली र छेदु तथा कमैया भोंदु र कुकुरा गरी चार जनालाई नौ बिघा १६ कट्ठा ११ धुर जग्गा बकसपत्र गरिदिनुभयो। यतिको जग्गामध्ये केही अंश दुई जना टुहुरा र दुई जना कमैयालाई दिँदा केही फरक नपर्ने सोच अनुसार उहाँले जग्गा बकसनामा गरिदिनुभयो।
दैलेखको कोटिलामा ताल निर्माणका लागि लगानी जुटाउन पहल थालिएको छ। नारायण नगरपालिका–१ र ९ र दुल्लु नगरपालिका–११ को सिमानामा निर्माण गर्न लागिएको तालका लागि लगानी जुटाउन पहल थालिएको हो। प्रतिनिधि सभा सदस्य अमरबहादुर थापाका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ताल निर्माणका लागि आवश्यक सहयोग माग गरिएको छ। पुनः डिपिआर गरेर ताल निर्माणको काम अघि बढाउनुपर्ने भएकाले सोही अनुसार लगानी जुटाउन पहल भइरहेको छ। गौरवको आयोजनाका रूपमा हेरिएको पञ्चकोशी ताल निर्माणका लागि विभिन्न क्षेत्रका दातृ निकायसँग समेत छलफल भइरहेको जनाइएको छ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बुधबार अपराह्न ४ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोले क्षति पु-याएको छ। बाढी र पहिरोले कतै घरहरू डुबानमा परेका छन् भने कतै नदीमा फसेका मानिसको उद्धार गरिएको छ । पहिरोका कारण विभिन्न ठाउँमा भौतिक संरचना भत्केका छन् भने कतै सवारीसाधन समेत बाढीले बगाएको छ।
झमझम झरी पर्नुपर्ने साउन महिनामा चैत, वैशाखमा झैँ हावा चलेर खडेरी लम्बिँदा सर्लाहीसहित तराई क्षेत्रका किसान चिन्तित बनेका छन्। पानी नपर्दा यहाँ धान रोपाइँ प्रभावित बनेको छ भने रोपिसकेको रोपो सुक्न थालेको छ। वर्षाले साथ नदिँदा सुत्ला लाग्न लागेको मकै बाली सुक्न थालेको किसानले गुनासो गरेका छन्। धान खेती हुने फाँट बाँझो छन्। “साउनको यो खडेरीले हामी किसानलाई अत्याँएको छ, पानी नभएर रोपाइँ गर्न पाइएको छैन,” लालबन्दी नगरपालिका–५ का किसान कमलप्रसाद बरालले भन्नुभयो, “रोपाइँ भई सक्नुपर्ने खेतमा सुक्खा भएर कमिला दौडिएका छन्। यो वर्ष के खाने होला ! भन्ने चिन्ताले सताउन थालेको छ।”
मानसिक अवस्था ठिक नभएकी बहिनीले मङ्गलबार राति दिदीको घर गोठमा आगो लगाइदिएकी छन् ।