नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
राप्ती नदीमा बगेर बेपत्ता हुनुभएका लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी ५२ वर्षीय रामलाल कुमाल मृत अवस्थामा भेटिनुभएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा बजार क्षेत्रको मुख्य सडक लामो प्रतीक्षापछि कालोपत्रे हुँदा स्थानीय खुसी भएका छन् । सडक फराकिलो बनाएर मलङ्गवाको कृष्णामणि माध्यमिक विद्यालयदेखि राजश्री सिनेमा हलसम्मको सडक कालोपत्रेपछि आवतजावतमा सहज भएको हो ।
बाजुरामा खोलाले बगाउँदा एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली ६ जोशीपुरका ३२ वर्षीया डुवनारायण चौधरी रहेका छन् ।
जिल्ला सदरमुकाम तानसेनका औषधि पसल मापदण्ड पुरा नगरी सञ्चालन भएको पाइएको छ । तानसेनमा सञ्चालित औषधि पसलहरूले पुरा गर्नुपर्ने मापदण्ड पुरा नगरी सञ्चालन गरेको पाइएको हो ।
पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिम तथा पूर्विखण्डको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
उद्योग व्यवसायीले पुँजीगत खर्च वृद्धि गर्न र बैङ्कहरूको धरपकड रोक्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन् । यस्तै, उनीहरूले नेपाल आउने भारतीय पर्यटकले नाकामा अनेक समस्या झेलिरहेको भन्दै समाधान गर्न समेत माग गरेका हुन् ।
पाँचथरको फिदिममा आयोजित प्रथम खड्गकुमार नेम्बाङ स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि तेह्रथुम आठ राईका दिनेश कन्दङवा र देवेन्द्र उप्रेतीले जित्नुभएको छ ।
निजी क्षेत्रका तीन प्रमुख संस्थाले नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन् ।
स्पेनमा आइतबार सम्पन्न निर्वाचनको मतगणना करिब पूरा भएको छ । स्पेनी भाषाको दैनिक अखबार एल पाइसका अनुसार मतगणना लगभग पूरा भएको अवस्थामा निर्वाचनमा मध्य–दक्षिणपन्थी पपुलर पार्टी (पीपी) ले सबैभन्दा धेरै सिटमा विजयी भएको छ ।
बङ्गलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता तथा माइक्रोफाइनान्सका अगुवा मोहम्मद युनुसलाई तीन वटा परोपकारी ट्रस्टलाई दिएको ७० लाख अमेरिकी डलर दानमा १० लाख डलरभन्दा बढी कर तिर्न आदेश दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट भएको छ ।
केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनि राईले भिरमौरीको मह सिकार गर्न थालेको ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहनुभएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री सीता गुरुङले केन्द्रीय कार्य समितिको बैठकमा मन्त्रालयको गतिविधिबारे जानकारी गराउनुभएको छ ।