प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आज प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मी र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई समर्पण गरियो ।
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जनवादी गणतन्त्र चीनका कम्युनिष्ट पार्टी (सीपीसी) का केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन जियाजुनको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् कार्यबहाक अध्यक्ष ईश्वर पोखरेलले सरकार सुन प्रकरणमा जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । ४५ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा एमाले काठमाडौं जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको समाज रुपान्तरणमा पुष्पलालको भूमिका विचार गोष्ठीमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका मन्त्रीले आआफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण पेश गर्नुभएको छ ।
मलामी बोकेर गएको ट्याक्टर दुर्घटना हुँदा पञ्चदेवल विनायक नगरपालिकामा एक जनाको ज्यान गएको छ । मलामी गएका पञ्चदेवल विनायक नगरपालिका –६ तोलीका २४ वर्षीय दीर्घ विकको घटनास्थलमै ज्यान गएको हो ।
काठमाडौं, साउन ७ गते । अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन् ।राज्यको विपद् व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्ला रहिमीले शुक्रबारदेखि परेको बर्षाका कारण देशभर आएको बाढीबाट ३१ जनाको मृत्यु भएको छ । बाढीका कारण भौतिक सम्पत्ति र खेतबारीमा व्यापक क्षति पुगेको जानकारी रहिमीले दिनुभयो । सरकारका प्रवक्ता जबीहुल्ला मुजाहिदले मैदान वार्दाक प्रान्तको जलरेज जिल्लाको मुख्य विपद् क्षेत्रमा तत्काल सहायता पठाइएको जानकारी दिनुभयो । एशियाको पश्चिमी किनारामा अवस्थित अफगानिस्तानमा बर्षामा मौसममा आकस्मिक बाढी आउने गरेको छ । वर्षाका कारण सुख्खा नदी किनारहरूमा भारी वर्षा भेल आउँदा यसबाट ठूलो क्षति हुने गरेको छ ।रहिमीले एक पत्रकार सम्मेलनमा जलरेजमा शुक्रबारदेखि अहिलेसम्म ६०४ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको र सयौं एकड खेतीयोग्य जमिन र बगैँचा नष्ट भएको जानकारी दिनुभयो । रहिमीका अनुसार विगत चार महिनामा प्राकृतिक प्रकोपसँग सम्बन्धित घटनामा अफगानिस्तानमा २१४ जनाको मृत्यु भएको छ । रासस

बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आज बिहान साढे २ बजे निधन भएको हो ।
नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ।
झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले ७०० क्युफिट साखु काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले शुक्रबार राति सो काठ बरामद गरेको हो ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले राससलाई जानकारी दिनुभयो ।
पोल्याण्ड पठाउने प्रलोभनमा नौ लाख ५० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीमा मिटरब्याजी समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले उपसमिति गठन गरेर प्रक्रिया थालेपछि मिलापत्र प्रक्रियामा आउनेको सङ्ख्या बढेको छ ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका –३ स्थित ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला पर्नुभएको छ । साप्ताहिक हाट भर्न घरबाट हिडेकि महिला ऐसेलुखर्क गाउँपालिका –४ जलेश्वरीकि करिब ४५ वर्षीया मेगमाया तामाङ मृत अवस्थामा फेला पर्नुभएको हो ।