उज्यालो अभियानअन्तर्गत एक वर्षमा एक हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको 'उज्यालो साझेदारी' कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा एक हजार आठ सय ९९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको हो ।
पूर्व राजदूत नीलाम्बर आचार्यले पुष्पलालले देश परिवर्तनका लागि जनताका प्रमुख शक्तिहरू एक ठाउँमा हुनुपर्ने नीति अख्तियार गर्नुभएको स्मरण गर्नुभएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रातृ संस्थाहरूको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ।
कैलालीको भजनी नगरपालिकामा स्थानीय श्रमदानमा तटबन्ध निर्माण गरिदैछ । जनप्रतिनिधि र स्थानीयवासीको संयुक्त सहभागितामा श्रम गर्ने काम भइरहेको हो ।
गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलिने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार चार सय ९१ व्यापारीलाई कारबाही गरेको छ ।
स्विडेन र नेदरल्यान्ड्सले फिफा महिला विश्वकप फुटबलमा रोमाञ्चक जित निकालेका छन् । समूह ‘जी’ अन्तर्गत आइतबार भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गोलले हरायो । यस्तै समूह ‘ई’ को अर्को खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलले पराजित गरेको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेश सभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्वीकार्य हुने बताउनुभएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ ।
रौतहटको देवाहीगोनाही नगरपालिका –७ का किसानलाई कृषि सामग्री तथा उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सो वडाका तरकारी उत्पादक कृषक समूहलाई अनुदानमा कृषि सामग्री तथा उपकरण वितरण गरिएको हो ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदीमाथि निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल । पछिल्लो समय यो पुलमा घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः डम्मर बुढामगर/रासस
नेपाल राष्ट्र बैङ्कले बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमनका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ।
नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी विश्व एक्वाटिक (पौडी) च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, नेपाली कांग्रेस संस्थापक नेताहरू कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूले आठ वर्ष राजबन्दी जीवन बिताएको काठमाडौँको सुन्दरीजल जेल (बीपी सङ्ग्रहालय) मा अघिल्ला वर्षमा कांग्रेस नेता र कार्यकर्ता मात्रै पुग्नुहुन्थ्यो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल राष्ट्रिय विभूति भएको भन्दै समग्र रामेछापको विकासका लागि उहाँको जन्मथलो भंगेरीको विकासमा दलगत स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताउनुभएको छ ।