व्यवस्थापन विषय अन्तर्गत संस्थाको व्यवस्थापन, व्यक्तिगत व्यवस्थापन, मानवस्रोत व्यवस्थापन, आर्थिक व्यवस्थापनलगायतका व्यवस्थापन पर्छ । कुनै पनि संस्था सञ्चालन गर्नका लागि गर्नुपर्ने विभिन्न व्यवस्थापन यस विषयभित्र पर्दछन् । व्यवस्थापन विषयलाई पहिले वाणिज्यशास्त्र भनिन्थ्यो । नेपालमा त्रिचन्द्र कलेजको स्थापनापछि व्यवस्थापन विष
भर्खरै प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजासँगै विद्यार्थीमा कक्षा ११ मा कुन कुन विषय लिएर पढ्ने भन्ने सम्बन्धमा चर्चा हुन थालेको छ । यससम्बन्धी विद्यार्थीले आफ्ना अग्रज, साथीभाइ तथा गुरुहरूसँग सरसल्लाह गर्न थालेका छन् । कक्षा ११ मा आफूले चाहेको विषय छनोट गरेर पढ्न पाउने भएकाले पनि माध्यमिक शिक्षा परीक्षाको महत्त्व रहेको देखिन्छ । यस दृष्टिले यो जीवनकै एउटा महत्त्वपूर्ण मोड हो । यस समयमा गरेको सही निर्णयले विद्यार्थीको भविष्य उज्ज्वल हुन सक्छ भने गलत निर्णयले समय, रकम र मेहनतको नाश पनि गर्न सक्छ । त्यसैले विद्यार्थीले निर्णय गर्दा आफ्नो रुचि, क्षमता, लक्ष्य र देशमा कुन विषयको मानव संसाधनको कमी छ भन्ने जस्ता कुरामा ध्यान दिएर गर्न सके आफ्नो भविष्य उज्ज्वल हुने र अभिभावकको लगानी पनि खेर नजाने हुन्छ
वर्षाको भरमा खेती हुने बाँकेमा पर्याप्त पानी नहुँदा रोपेको धान पनि सुक्न थालेपछि किसान चिन्तत भएका छन् । केही किसानका खेतबारी पानीको अभावमा अझै बाँझै रहेका छन् भने जसोतसो रोपाइँ गरेका अधिकांशको धान पनि वर्षा नहुँदा सुक्न थालेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले हालसम्म पनि जिल्लामा पर्याप्त वर्षा नभएकाले धेरै किसानका धान सुक्न थालेको बताउनुभयो । उहाँले सिक्टा सिँचाइ नहर वरिपरिको धानलाई कुनै प्रभाव नपरे पनि मोटरले पानी तानेर वा अन्य प्रविधिबाट रोपाइँ गरेका किसान खडेरीका कारण समस्यामा पर्न थालेको बताउनुभयो । प्रमुख अहमदले भन्नुभयो, “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएकाले किसान चिन्तामा छन्, केही दिन पानी परेन भने गम्भीर अवस्था हुने छ ।”
नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका आङ्गिक क्याम्पसहरूमा छुट्याइएको ‘सिट’मा समेत विद्यार्थीको सङ्ख्या पुग्न सकेको छैन ।
बजारमा सुनको कारोबार ठप्प अवस्थामा छ । सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल साउन लागेसँगै सुनसान हुन थालेका छन् । मलमास लागेसँगै बजारमा सुनचाँदीको कारोबार ठप्प अवस्थामा रहेको सुन व्यापारी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हाल दैनिक पाँच किलो मात्र सुन वितरण हुने गरेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मलमासका कारण र तीज असोज महिनामा परेकाले पनि सुनको कारोबार नभएको बताउनुभयो । साउन महिना अफ सिजन भएकाले पनि कारोबार न्यून हुने गर्छ, यो वर्ष चाडपर्व ढिला भएकाले पनि कारोबार ठप्प अवस्थामा रहेको उहाँको भनाइ छ ।
समस्याग्रस्त सहकारी ओरेन्टल कोअपरेटिभ लिमिटेडमा एक लाखभन्दा कम बचत गरेकाले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका एक लाखभन्दा कम बचत भएकालाई प्रमाणसहित साउन १५ गतेसम्म निवेदन पेस गर्न एक सूचना जारी गर्दै म्याद दिएको छ ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली हवाई कम्पनीले जहाजभित्र पसल राख्न पाउने कार्यविधि जारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अनबोर्ड ड्युटी पेड स्टोर’ सञ्चालनसम्बन्धी कार्यविधि २०७९ जारी गरेसँगै जहाजभित्रै सौन्दर्यका सामग्री, उपहारजन्य सामग्री, घडीलगायतका सामग्री किन्न पाइने भएको छ ।
सेती खोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपियाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । एक सय रुपियाँ अङ्कित दरका ६० लाख कित्ता साधारण सेयर सर्वसाधारण र आयोजनाबाट प्रभावित भएका स्थानीयका लागि जारी गर्ने भएको छ । सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।
नेपाली राजनीति तथा साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा विद्युतकर्मी साहित्य समाजद्वारा शनिबार सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा आयोजित विशेष काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले गत आर्थिक वर्ष फलफूल तथा तरकारीजन्य सामग्री विक्रीबाट ६७ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको छ ।
पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारी नै दोषि रहेको बताउनुभएको छ।
इलामका पर्यटकीय स्थलहरुको सरसफाई गर्न यतिबेला स्थानीय आफैं जुटेका छन् । जिल्लाका उत्तरी पर्यटकीय स्थलहरु टोड्के झर्ना, नयाँबजारस्थित उत्तरेपोखरी, इलामको पुरानो चियाबगान लगायतका स्थानमा थुप्रिने फोहोरलाई स्थानीयले हरेक शनिबार आफैं सरसफाई गर्नेगरेका हुन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले यहाँको हरियाली कायम गर्न सडक सरसफाइ तथा वृक्षरोपण अभियान थाल्ने भएको छ । साउन १५ गतेदेखि सुरु हुने अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा विरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री बीपी कोइरालाको तुलना राष्ट्रियताको सवालमा कसैसँग हुन नसक्ने बताउनुभएको छ ।
सुर्खेत र दैलेखको सिमानास्थित रातानाङ्गला–धरमपोखरा–सुयडा सडक खण्डअन्तर्गत धरमपोखरा नजिक पहिरोको खसेर अवरुद्ध भएको सडक डोजरबाट खुलाउँदै । तस्विरः सुरेश आचार्य/रासस