नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा तेस्रो दिनको सुरुवातमै केन्द्रीय सदस्यले पदाधिकारीका कामकारबाहीको आलोचना गरे । बिहीबारको बैठकमा बोल्ने ३५ जना केन्द्रीय सदस्यले नेतृत्वको आलोचना र सचेत गराउँदै बैठकलाई तताइरहेका थिए । बैठक उत्तरार्धतर्फ चल्दै थियो । एकाएक माहोल खुसियालीमा बदलियो । पार्टीका महामन्त्री गगन थापाको जन्मदिनका अवसरमा सभापति शेरबहादुर देउवाले बैठकका रूप नै फेरिदिनुभयो । इतिहासमा बिरलै देखिने यस्तो दृश्य केन्द्रीय सदस्यले मात्रै नभएर नेपाली कांग्रेसको फेसबुक पेजमार्फत विश्वका कुनाकाप्चाबाट पनि लाखौँले हेर्न पाए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यात्रीले चाहेको समयमा गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यले असोज १ गतेदेखि ‘दु्रत बस’ सेवा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म ‘द्रुत बस’ सेवा सञ्चालन तयारी गरिरहेका छौँ। त्यसपछि अन्य रुटमा पनि यस्तो सेवा सञ्चालन गर्ने छौँ।”
सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । भवन निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना पछि अख्तियारको टोली त्यस कार्यालयमा पुगेका थिए । यता खुस लिने कर्मचारीहरू नगद र चेक छाडेर पर्खाल नाघेर भागेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झन्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरूको झन्डा फेर्नुपर्ने माग गरेका थिए । सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली सङ्कलन, अद्यावधिक, मतदानस्थल निर्धारण, केन्द्र व्यवस्थापन, मतदाता शिक्षा प्रदान गर्ने कार्य एवं निर्वाचन सामग्री व्यवस्थापनलगायतका अधिकार प्रत्यायोजन गर्ने तयारी भइरहेको बताउनुभएको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक सय किलो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष ढंगले निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ ।
नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय किताबखाना (निजामती) मा छड्के अनुगमन गर्नुभएको छ । बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुग्नुभएको थियो । किताबखानामा मन्त्री मोदीको यो दोस्रो पटकको छड्के अनुगमन हो ।
पूर्व अर्थमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिनुभएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले भेटवार्ता गर्नुभएको छ । उपप्रधानमन्त्री खड्कालाई भेट्न राजदूत योङ बिहीबार दिउँसो रक्षा मन्त्रालय सिंहदरबारमा पुग्नुभएको हो ।
सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित लाओस् राईद्वारा लिखित पुस्तक ‘राष्ट्रवाद कि राष्ट्रप्रेम’ नामक पुस्तकको विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारबाट उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता समयमा नपाएको ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । समयमा भत्ता नपाउँदा योजनाअनुसारको काम गर्न गाह्रो भएको उहाँहरूको भनाइ छ ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार पक्राउ परेका छ जनालाई थुनामा राख्न अदालते अनुमति दिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक वर्षको कार्यप्रगति सार्वजनिक गरेको छ । बिहीबार आर्थिक वर्ष २०७९/८० को कार्यप्रगति सार्वजनिक गर्दै सीआईबीले विभिन्न मुद्दामा १२५ जनालाई पक्राउ गरेको जनाएको छ ।