आयोजक अष्ट्रेलियाले फिफा महिला विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत घरेलु मैदानमा बिहीबार साँझ भएको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई १–० गोलले हरायो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।
बाजुरामा साउन लागेपछि अधिकांश गाउँ खाली हुन थालेका छन् । खेती लगाएर गाउँका सबै युवा रोजगारीका लागि धमाधम भारत जानथालेपछि साउनमा अधिकांश गाउँबस्ती दिनानुदिन खाली हुँदैगएका हुन् ।
आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७ सय १२ नयाँ उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा जम्मा ८ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत रमेश बहादुर बुढाथोकीले जानकारी दिनुभयो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा ‘घर–घर जाऔँ, सदस्य बनाऔँ’ भन्ने अभियानबारे छलफल भएको छ ।
सुन तस्करी प्रकरणमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
बाँकेमा जग्गाको सरकारी मूल्य प्रतिकठ्ठा १३ लाख रुपियाँसम्म वृद्धि गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षतामा बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले नेपालगञ्ज उपमहानगरको जग्गालाई 'क' देखि 'छ' सम्म वर्गीकरण गरेर मूल्य निर्धारण गरेको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालको सामाजिक सेवा इकाईबाट एक वर्षमा दुई हजार ८ सय जना लाभान्वित भएका छन् । सामाजिक सेवा इकाईले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदनमार्फत उक्त जानकारी दिएको हो ।
कुनै दिन दुर्गम ठाउँका रूपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन ।
एक सातादेखि फोहर नउठ्दा सिद्धार्थनगर क्षेत्र दुर्गन्धित बन्न थालेको छ । सडकमा आवतजावत गर्ने तथा स्थानीय बासिन्दाले फोहर उठाउनका लागि नगरपालिकाको पटक-पटक ध्यानाकर्षण गराएपनि फोहर उठ्न सकेको छैन ।
नेकपा (एमाले) ले पार्टीमा रहेका सङ्गठित सदस्यहरूको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गर्नुभएको हो ।
वेस्ट बैङ्कमा इजरायली सेनासँगको झडपमा एक जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् ।
बिग्रँदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्यून खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ ।