• १३ पुस २०८१, शनिबार

अस्थायी साधनको बढ्यो प्रयोग

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन ५ गते । परिवार नियोजनका साधनको नाम उच्चारण गर्न लाज मान्ने कर्णालीका महिलामा यस्ता साधनको प्रयोग बढेको छ। पछिल्ला वर्षमा परिवार नियोजनका साधनको प्रयोग गर्ने महिलाको सङ्ख्या बढेको छ।

ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालका अनुसार गाउँपालिकामा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ। स्वास्थ्य संस्थामा पुगेर परिवार नियोजनका साधन लिने महिलाको सङ्ख्या बढ्दो छ। परिवार नियोजनको अस्थायी साधन डिपो प्रयोग गर्ने महिलाको सङ्ख्या तीन वर्षयता बढेको छ। तीन वर्षअघि ५७ जनाले अस्थायी साधन प्रयोग गरेका थिए। अघिल्लो वर्ष ६६ र बितेको वर्ष ९७ जनाले अस्थायी साधन प्रयोग गरेको तथ्याङ्क छ।

गाउँपालिकामा इम्प्लान्ट प्रयोग गर्ने महिलाको सङ्ख्या ७७ जना रहेको छ। पिल्स चक्की खाने महिलाको सङ्ख्या पनि ७८ जना रहेको छ। कन्डम प्रयोग गर्ने पुरुषको सङ्ख्यासमेत वृद्धि भइरहेको छ। यी साधन गाउँपालिकाको पाँच वटा वडा, आठ वटा स्वास्थ्य संस्थाबाट महिलाले प्रयोग गर्दै आएका छन्।