नेपालगञ्ज नाका भएर गत एक वर्षको अवधिमा नौ अर्व ४७ करोड रुपियाँ बढीको दाल, चामल र आलु, प्याज आयात गरिएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० मा चार अर्व ७३ करोड रुपियाँ मुल्यको चामल आयात भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका –३ स्थित राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयलाई रङ्गीन अल्ट्रासाउण्ड प्रदान गरिएको छ । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले आयुर्वेद चिकित्सालयलाई अल्ट्रासाउण्ड उपलब्ध गराएको हो ।
बीरगन्ज महानगरपालिकाबाट बितरण हुने छात्रबृति दिलाइ दिने भन्दै ठगी गर्ने मोदी इन्स्टिच्यृट एन्ड ट्रे्निङ सेन्टरका सञ्चालक राहुलकुमार मोदी पक्राउ परेका छन् । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बीरगन्ज महानगरपालिकाले जनाएको छ ।
इलामको कन्यामबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –५ का २१ वर्षीय प्रशिस खड्का र सूर्योदय –६ का २४ वर्षीय समिर तामाङ रहेका छन् ।
सदस्यतासम्बन्धि विवाद उत्पन्न भएपछि नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचन मिति सारिएको छ । संघले वितरण गरेको सदस्यता सम्बन्धमा विवाद उत्पन्न भएपछि यसअघि साउन २० गते गर्ने घोषणा भएको मितिलाई निर्वाचन समितिले भदौ २ गतेका लागि सारेको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खुतखुते सामुदायिक वनले वेतबाँसको सामग्री बनाउने उद्योग सञ्चालनमा ल्याएको छ ।
ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ ।
सर्लाहीको नेपाल–भारत सीमा क्षेत्र दशगजामा वर्षौदेखि अतिक्रमण गरेर बनाइएको घर, टहरा र पसल हटाइएको छ । दशगजा (नो म्यान्स ल्यान्ड) क्षेत्रमा नेपाल र भारत दुवै तर्फका नागरिकले अतिक्रमण गरी घर निर्माण गर्ने, घुम्ती पसल राख्दैआएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको संस्था नेपाली सेनाको सम्बन्धमा केही समययता निरर्थक बहस सिर्जना गर्न खोजिएको बताएको छ।
आयोजक मनास्लु वर्ल्ड कलेजले तेस्रो मनास्लु एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
बागमती प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले सङ्घीय सरकारले बनाइरहेको साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्न आग्रह गर्नुभएको छ।
१३औँ दक्षिण एसियाली खेलकुदमा नयाँ खेल थपियो । थपिएको नयाँ खेल थियो, बिच भलिबल । समुद्री किनारमा खेलिने बिच भलिबल भूपरिवेष्टित नेपालमा कहाँ खेलाउने भन्ने केही समय दुबिधै रह्यो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताउनुभयो।
पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार यहाँ नागरिकताभन्दा राहदानी बनाउनेको भिड छ । गत आवमा नागरिकताको तुलनामा राहदानी लिनेको सङ्ख्या झन्डै दोब्बर छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण हुनेमा विश्वस्त हुन आग्रह गर्नुभएको छ । धादिङ र गोरखाको सीमामा रहेको गण्डकी गाउँपालिका –८ को सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटनको क्रममा सो आग्रह गर्नुभएको हो ।