• ८ जेठ २०८१, मङ्गलबार

आयुर्वेदिक चिकित्सालयलाई रङ्गीन अल्ट्रासाउण्ड

blog

प्रादेशिक आयुर्वेद चिकित्सालय । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन ३ गते । कैलालीको धनगढी उपमहानगरपालिका –३ स्थित राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयलाई रङ्गीन अल्ट्रासाउण्ड प्रदान गरिएको छ । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले आयुर्वेद चिकित्सालयलाई अल्ट्रासाउण्ड उपलब्ध गराएको हो । 

केन्द्रका निमित्त निर्देशक डा. निरज अर्यालले चिकित्सालयका निमित्त निर्देशक डा. सूर्य उपाध्यायलाई आज अल्ट्रासाउण्ड हस्तान्तरण गर्नुभयो । गत वर्षबाट सेवा दिन थालेको चिकित्सालयमा अल्ट्रासाउण्ड उपलब्ध थिएन । 

रङ्गीन अल्ट्रासाउण्डले चिकित्सालयको सेवालाई थप गुणस्तरीय बनाउने डा. अर्यालले विश्वास व्यक्त गर्नुभयो । केन्द्रले चिकित्सालयको लागि गत आर्थिक वर्षमा अल्ट्रासाउण्ड खरिद गरेको थियो । 

सङ्घीय सरकारको ३४ करोड रुपियाँ लगानीमा बनेको प्रादेशिक आयुर्वेद चिकित्सालयले गत असोज ११ गतेबाट सेवा दिन सुरु गरेको थियो । चिकित्सालयबाट ल्याब, ओपीडी, पञ्चकर्म र पूर्वकर्म सेवा प्रवाह हुँदैआएको छ । 

पाइल्स, पेट, बाथ, फिस्टुलालगायत समस्याको समेत उपचार हुनेगरेको जनाइएको छ । रङ्गीन अल्ट्रासाउण्ड उपलब्ध भएपछि आजबाटै सो सेवा पनि सुरु गरिएको छ ।