• १३ पुस २०८१, शनिबार

हुम्लाको बजेट ८८ प्रतिशत खर्च

blog

राजन रावत

हुम्ला, साउन ४ गते । हुम्ला आएको आर्थिक वर्ष ०७९÷०८० मा ८० प्रतिशत बजेट खर्च भएको छ । जिल्लाका  सात वटै गाउँपालिकाले असार मसान्तसम्म गरेको खर्चको विवरण सो प्रतिशत हो । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नीराजन उपाध्यायले असार मसान्तसम्म जिल्लामा आएको बजेटको असी प्रतिशत रकम खर्च भएको बताउनुभयो । सङ्घीय सरकारबाट सो आर्थिक वर्षमा तीन अर्ब ६६ करोड ४६ लाख ६८ हजार बजेट विनियोजित भएकोमा त्यसमा तीन अर्ब २२ करोड १५ लाख ७३ हजार खर्च भएको छ । कुल विनियोजित बजेटमा चालुतर्फ तीन अर्ब तेह्र करोड १५ लाख ७३ हजार बजेट र पुँजीगततर्फ ५३ करोड ३० लाख  ९५ हजार बजेट रहेको थियो । उहाँका अनुसार पूजीगततर्फ भने ३५ करोड ५३ लाख खर्च भएर ६६  प्रतिशत मात्र खर्च भएको छ । अर्थात् १७ करोड ७७ लाख बजेट भने फिर्ता गएको छ । 

यसरी पुँजीगततर्फ फिर्ता गएको बजेट भने सबै हिल्सा सिमकोट सडक आयोजनाको छ । कुल बजेटमा जिल्लाबाट ४४ करोड ३० लाख ९५ हजार बजेट भने फिर्ता भएको छ । यसरी फिर्ता गएको बजेटमा सात करोड ३८ हजार ८० हजार भने सात वटै गाउँपालिकाको छ ।