• ३० वैशाख २०८२, मङ्गलबार

सिजी सिमेन्ट उद्योगको चेन चुँडिदा १३ जना घाइते

blog

सांकेतिक तस्बिर

रेखीराम राना

पाल्पा, साउन ४ गते । सिजी सिमेन्ट कम्पनीभित्र वारपार गर्न बनाइएको चेन चुँडिदा १३ जना कामदार घाइते भएका छन् । बुधवार बेलुकी पाल्पाको रैनदेवी छहरा–२, सर्देवास्थित सिजी सिमेन्ट कम्पनीमा इँटा वारपार गर्न बनाइएको चेन चुँडिदा खसेर १३ जना कामदार घाइते भएका हुन् । 

घाइते हुनेमा रैनदेवी छहरा– ३, का पदम सोमै, सोही स्थानका चिन्ताबहादुर डङ्गोल र सुमन नेपाली रहनुभएको छ । यस्तै नवलपरासी सुनवलका लीलबहादुर गुरुङ, कपिलवस्तुका महेश बराम, कमल पासी, उमेश पासी, रुपन्देही देवदहका यमबहादुर विक, सोहनलाल जैसी र अक्सर मिसर रहनुभएको छ । उनीहरूको उपचार तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिनुभयो । अधिकांश उपचारपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीहरू १३ फिट माथिबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।