सुदूरपश्चिम प्रदेशमा पुँजीगत बजेट खर्चमा वृद्धि भएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा पुँजीगत खर्च बढाएको हो । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्षमा पुँजीगत बजेट १५ अर्ब ८१ करोड ३७ लाख ६२ हजार (६९.२२ प्रतिशत) खर्च भएको छ । यो आर्थिक वर्षका लागि प्रदेश सरकारले पुँजीगततर्फ कुल २२ अर्ब ८४ करोड ५७ लाख ६९ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।
रङ्गुन खोला पक्की मोटरेबल पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने मितिमा जम्मा आठ प्रतिशत मात्रै काम भएको छ । ब्रह्मदेव–चिरकिट्टे–डडेलधुरा सडकको रङ्गुनखोला सडकमा निर्माण हुने उक्त पुल निर्माण कार्यमा निकै ढिलासुस्ती भएको छ । भित्री मधेश जोगबुडालाई डडेलधुरा सदरमुकामसँग जोड्ने सडकको पुल निर्माणको कार्य अलपत्र नै परेको छ । २०८० असार ११ गते पुल निर्माणको काम पूरा गर्ने गरी २०७७ साल आसर ११ गते राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको थियो ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ ।
गोरखा सैनिकको हक अधिकारका विषयमा उठेका मुद्दालाई निष्कर्षमा पुर्याउन सरकार लागिपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो । यस विषयमा द्विपक्षीय छलफल भइरहेको उहाँले बताउनुभयो ।
साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट सुरु गरिएको छ । स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकारभित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेपछि मालपोत कार्यालयले नयाँ आर्थिक वर्ष सुरु भएसँगै कित्ताकाट प्रारम्भ गरेको हो । नगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषिमा वर्गीकरण गरेर कित्ताकाटका लागि मालपोत कार्यालयमा सिफारिस गरेपछि कित्ताकाट सुरुवात गरिएको मालपोत कार्यालय अछामका प्रमुख शिवराज ढुङ्गानाले जानकारी दिनुभयो ।
सुर्नया गाउँपालिका–२, ग्वानी घरकट्टेका ५२ वर्षीय जितबहादुर विष्ट उपचार खर्चको अभावमा विगत एक वर्षदेखि ओछ्यानमा थला परेका छन् । भारतमा ज्याला मजदुरी गर्ने क्रममा खुट्टा भाँचिएपछि उहाँलाई हिँडडुल गर्न पनि समस्या भएको छ । खुट्टामा राखिएको फलामको रड झिक्न पनि आर्थिक समस्या भएको उहाँ बताउनुहुन्छ ।
कालिकोटको मान्ममा देउडा उत्सव सुरु भएको छ । साउन १ गते देउडा दिवसका रूपमा विकास गर्न कालिकोटमा उत्सव मनाउन सुरु भएको हो ।
उग्रतारा–मेलौली, पोखरा–बेलापुर, बुडर–जोगबुडा, लिप्ना–गाईबाँधे, कटाल–परशुरामधाम, बिरादे–बगरकोटलगायत जिल्लाका सहायक सडक कालोपत्रे नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ । सो सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको छ । निर्माण व्यवसायीले नै कालोपत्रे काम अलपत्र पारेको गुनासो स्थानीयवासीको छ । लिप्ना–गाईबाँधे, कटाल–परशुरामधाम सडकको कालोपत्रे काम अलपत्र परेको छ । अन्य सडकको हकमा पनि म्याद थप भएको मितिमा समेत काम पूरा हुन सकेको छैन । लामो समयदेखि अलपत्र परेको बुडर–जोगबुडा सडकको हाल भने काम अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार विकास कार्यालय प्रमुख नवराज रावलले जानकारी दिनुभयो ।
वि.सं २०५३ मै बनेको भए पनि दैलेखको नारायण नगरपालिका भौतिक पूर्वाधारमा निकै कमजोर छ। स्थानीय तहको पुनर्संरचनापछि २०७३ सालमा केही क्षेत्र थप भए। ११ वडा रहेको यो नगरपालिकामा दैलेखको सदरमुकाम दैलेख बजार पनि पर्छ । पहाडी क्षेत्र भएकाले पर्यटकीय क्षेत्रका रूपमा पनि विकास हुन सक्ने सम्भावना रहेको यो नगरपालिकाका प्रमुख लोमन शर्मा नेकपा (एमाले) का तर्फबाट विजयी बन्नुभएको हो । नगरपालिकाको समग्र विकास निर्माण, योजनालगायतका विषयमा नगर प्रमुख शर्मासँग गोरखापत्रका कमल शर्माले
कर्णाली प्रदेशका नौ जिल्लामा स्याउ, सुन्तला, ओखरजस्ता फलफूल खेतीको विस्तार थालिएको छ। सुर्खेतबाहेक अन्य नौ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत फलफूल खेती विस्तार गर्न थालिएको हो। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाइ सुर्खेतका अनुसार कर्णालीका नौ जिल्लाका २० वटा पालिकामा फलफूल खेती विस्तार गरिने भएको छ। रुकुमपश्चिमको बाफीकोट, मुसीकोट, सानीभेरी, सल्यानको डोरचौर र शारदा, जाजरकोटको छेडाघाट र जुनीचाँदे, दैलेखको आठबिस, नारायण र चामुन्डा विन्द्रासैनी, कालीकोटको शुभकालिका र नरहरिनाथ, जुम्लाको हिमा, सिँजा र कनकासुन्दरी, मुगुको खत्याड र सोरु, हुम्लाको ताँजाकोट र अदानचुली तथा डोल्पाको मुड्कीचुलामा फलफूल खेती विस्तार गरिने जनाइएको छ।
अतिरिक्त महिना मलमास आज (मङ्गलबार)बाट सुरु भएर साउन ३१ मा समापन हुदैछ । हरेक मलमासमा जस्तै चन्द्रागिरीको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलवार) बाट सुरु भएको छ ।
बर्सात सुरु भएसँगै पहाडी गाउँ जोड्ने अधिकांश सडक बिग्रन थालेका छन् । जिल्ला सदरमुकामबाट गाउँहरूको बाटोको सम्बन्ध विच्छेद हुने क्रम बढेको छ। गाउँलाई यातायातसँग जोड्न खनिएका सडक भत्किएपछि अधिकांश गाउँ यातायात सञ्जालसँग विच्छेद भएका छन् । सडक भत्किएपछि बजार आउन गाउँलेलाई यातायातको सेवा लिनकै लागि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता भएको छ ।
वर्षैपिच्छे बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन घट्दो क्रममा छ भने यसको मूल्य बढ्दो क्रममा छ। बुकी पाटनमा पाइने यार्सागुम्बा वर्षैपिच्छे कम हुँदै गएपछि मूल्य बढ्दै गएको हो। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१, २ र ३ का बुकी पाटनमा यार्सा पाइन्छ। यस वर्ष यार्सा खोज्न गएकाहरूले विगतमा भन्दा राम्रो मूल्य पाएको बताएका छन्। वैशाखको दोस्रो हप्ताबाट सुरु भएको यार्सा सङ्कलन कार्य असार २५ गते सकिएको छ।
मानव निर्मित भौतिक संरचनाका कारण प्राणीको अस्तित्व सङ्कटको कारक बनेका छन्। मानव निर्मित विद्युत् वितरण लाइनका कारण चरा सङ्कटमा पर्ने गरेका छन्। यस्ता लाइन चराको अस्तित्वका लागि खतरापूर्ण धराप बनेका छन्। विद्युत् प्रसारण गर्न बनाइएका लाइनमा ठोकिने र विद्युत्का पोलमा बस्दा करेन्ट लागेर चरा मर्ने गरेका छन्।
महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४, खुट्टा पिपराढीमा हरेक मलमास (पुरुषोत्तम मास) को अवसरमा लाग्ने गेरुका मेलाको तयारी पूरा भएको छ। मलमासलाई अधिकमास, पुरुषोत्तम मास पनि भनिन्छ। गेरुका नदी संरक्षण समितिका सदस्य मनोज यादवका अनुसार साउन २ गतेदेखि सुरु हुने मलमासको अवसरमा गेरुका नदीमा स्नान गर्नेको भिड लाग्ने र ठुलो मेला लाग्ने गरेको छ। मेलामा आउने श्रद्धालुका लागि वस्त्र फेर्ने घर, स्वच्छ खानेपानी, शौचालय तथा मेला स्थलको तयारी भइसकेको छ। गेरुकामा रहेको गेरुका माई, रामजानकी मन्दिर, महादेव मन्दिरलाई सजाइएको छ। स्नान गर्ने घाटको सरसफाइ गरिएको छ।