उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
उच्च अदालत पाटन, हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौँडा इजलासको गत आवको लक्ष्यकाआधारमा १११.७५ प्रतिशत मुद्दा फर्छ्यौट भएको जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्व गोरखा सैनिकको हक अधिकारका विषयमा उठेका मुद्धाका बारेमा द्विपक्षीय छलफल भइरहेको बताउँदै यसलाई ठोस निष्कर्षमा पुर्याउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको सोमबार बसेको पूर्व पदाधिकारी तथा पदाधिकारीको बैठकले केन्द्रीय कार्य समितिको बैठकका लागि दश एजेण्डा तय गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ ।
भैरहवाका पर्यटन तथा उद्योगी–व्यवसायीले लुम्बिनी र आसपासका क्षेत्रमा पर्यटकको सङ्ख्या बढाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग गरेका छन् ।
काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपियाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपियाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिनुभएको हो ।
इलामको माइखोला टापुस्थित माई भगवती वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई नेपाली सेनाले काठको दराज उपलब्ध गराएको छ ।
परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी एस जयशङ्करबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ ।
धनगढी उपमहानगरपालिकामा कार्यरत ३५ जना स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षबाट उपमहानगरपालिकाले हाजिर गर्न नदिएपछि उनीहरू आन्दोलित भएका हुन् ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ ।
श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले जितका लागि भारत ‘ए’ लाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरूबाट बच्न स्वस्थ व्यवहार अपनाउन आग्रह गरेको छ ।
पूजापाठ, विवाह, व्रतबन्ध लगायत कर्मकाण्डको आम्दानीले नै मन्दिरमा २६ जना बटुकको निःशुल्क शिक्षा आवास गरिँदै आएको बताउने गुरुकुलका प्राचार्य समेत रहेका पुजारी संज्यालले मन्दिरमा होमकुन्डको छानोहाल्न नसक्दा वर्षा र गर्मीमा धार्मिक कार्य गराउन समस्या भएको उल्लेख गर्नुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परराष्ट्रनीतिमा सरकारले सन्तुलन गुमाउँदैगएको बताउनुभएको छ ।