• २६ असार २०८२, बिहिबार

कांग्रेसका दश एजेण्डा : बैठकको प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव

blog

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा । फाइल तस्बिर

काठमाडौं, साउन १ गते । नेपाली कांग्रेसको सोमबार बसेको पूर्व पदाधिकारी तथा पदाधिकारीको बैठकले केन्द्रीय कार्य समितिको बैठकका लागि दश एजेण्डा तय गरेको छ । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले साउन २ गते अपराह्न १ बजे केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि समसामयिक विषयअन्तर्गत विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र, शासन, सुशासनसँग सम्बन्धित विषय पहिलो एजेण्डा रहेको बताउनुभयो ।

उहाँले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै भोलि बस्ने भनिएको बैठकको एजेण्डाबारे भन्नुभयो, “सांगठानिक कार्ययोजना र कार्यतालिका पार्टीको निर्वाचन परिचालन समितिबाट हुन्छ । अघिल्लो बैठक र बस्नु पूर्व बस्ने गरेको कार्य सम्पादन समितिको बैठक बस्दा जो निर्णय भएका हुन्छन्, प्रस्ताव गर्ने व्यवस्था छ ।” 

कार्य सम्पादन समितिले जे जस्ता निर्णय गरेका छन् त्यो प्रस्तावको रूपमा जाने उहाँको भनाइ छ ।

उहाँले गत निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले तयार पारेको प्रतिवेदन प्रस्तुत हुने, नीति अधिवेशनसम्बन्धी खाका प्रस्तुत, विभाग गठन सम्बन्धमा केही विभाग थप्नुपर्ने र कानुनी व्याख्या गर्नुपर्ने जस्ता विषयमा छलफल हुने जानकारी दिनुभयो ।

यसैगरी, स्वदेश तथा विदेशमा रहेका सबैलाई राष्ट्रव्यापीरुपमा जनस्तरमा जोड्ने अपेक्षा एवम् अभियानको खाका, अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाबाट प्रतिवेदन प्रस्तुत, निर्वाचनपछि संसद्को सबैभन्दा ठुलो दल रूपमा कांग्रेसले खेलेको भूमिका सम्बन्धमा प्रमुख सचेतक रमेश लेखकले प्रतिवेदन प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गएको निर्वाचनपछि सबैभन्दा ठुलो दलको रूपमा नेपाली कांग्रेसको भूमिका, कस्ता विधेयक आएका छन् समग्र प्रस्तुति संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउनुहुनेछ । सातै प्रदेशमा कांग्रेस सहभागी छ, समग्र सन्दर्भ समेटेर उपसभापति एवम् सरकारमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारमा भएका समग्र भूमिका प्रस्तुत हुनेछ ।”

उहाँले केन्द्रीय कार्य समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने वा नगर्ने भन्ने विषयमा पनि आज छलफल भएको बताउनुभयो । “यो बैठकको कुन प्रक्रियाबाट गरिन्छ यो विषय पनि छलफलमा छ । बन्द रूपमा हुने वा खुलेर बोल्न सहज हुने । तर, के पनि छलफल गरिरहेका छौँ भने, कांग्रेस कुनै पनि दलभन्दा अग्र ठाउँमा छौँ यो पनि हुन सक्दछ । प्रस्तावित हुने पहिलो दिनको दिन यो हुन पनि सक्छ, नहुन पनि सक्छ”, उहाँले भन्नुभयो ।ब