भउचप्रसाद यादव
काठमाडौँ,, साउन २ गते । थानकाेटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।
आज बिहान भौतिक पूर्वाधार मन्त्री तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाइँ, सचिव केशवकुमार शर्मा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले स्थलगत अवलोकन गर्नुहुँदा उक्त जानकारी दिनुभएको हो । सो आयोजनाको भौतिक प्रगति भने ७५ प्रतिशत पूरा भएको छ ।