• १३ साउन २०८१, आइतबार

सीता दाहालको स्मरणमा श्रद्धाञ्जलि सभा

प्रधानमन्त्री निवास बालुवाटारबाट प्रत्यक्ष प्रसारण

blog

बालुवाटार (काठमाडौं), साउन २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसँगिनी सीता दाहालको निधन भएको आज सातौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । उहाँको असार २७ गते उपचारको क्रममा निधन भएको थियो । 

सीता दाहाल वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिनुभएको हो । सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाह भएको थियो ।

वि.सं. २०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो ।

भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गङ्गा दाहाल राजनीतिमै सक्रिय हुनुहुन्छ ।