• १४ पुस २०८१, आइतबार

नचिनेको हाकिम (लघु कथा)

blog

एक व्यक्ति आफ्नो कामको सिलसिलामा एउटा सरकारी कार्यालय पुग्छन् । कार्यालयको सोधपुछ फाँटमा गएर आफ्नो कामका बारेमा जानकारी गराउँछन् । कार्यालयमा सहजकर्ताको रूपमा बसेका कर्मचारीले उसलाई एउटा निवेदन लेख्नु अनि ऊ त्यो पल्लो कोठामा हाकिम साहेबलाई तोक लगाउनु अनि सँगैको कोठामा जानुस् तपाईंको काम हुन्छ भनेर सिकाइदिन्छन् । ती कर्मचारीले भनेजसरी ती व्यक्ति निवेदन लेख्छन् र हाकिमको कोठामा पस्छन् । पसेको कोठामा दुई वटा टेबुल राखिएको हुन्छ । एउटा टेबुलमा साधारण पोसाकमा  एउटी महिला कम्प्युटरमा काम गरिरहेकी हुन्छिन्  अर्को टेबुलमा कुर्सी खाली अवस्थामा हुन्छ र ती मानिस कोठामा पस्छन् र खाली घुम्ने मेच भएको सँग एउटा अर्को साधारण मेच राखिएको हुन्छ । ती मानिस त्यो साधारण मेचमा गएर हाकिम बस्ने कुर्सी यही हो भनेर सँगैको खाली कुर्सीमा बस्छन् र हाकिम आउने प्रतीक्षामा रहन्छन् । 

त्यसरी आफ्नो कोठामा एउटा मानिस आएर अर्को टेबुलको सँगै राखिएको मेचमा बसेकी ती महिलाले देख्छिन् र एउटै कोठामा बस्ने अर्को कर्मचारीलाई भेट्न आएका होलान् भन्ठानेर  सोधपुछ गरिनन् । 

त्यो मासिन धेरैबेरसम्म प्रतीक्षामा बस्दा पनि त्यो खाली टेबुलका कर्मचारी आएनन् अनि धेरैबेर कुर्नुपरेकाले अलि रिसाए झैँ गरी आफू बसेको कुर्सीबाट जुरुक्क उठेर ती महिला भएतिर जान्छन् र अलि ठुलो स्वरमा भन्छन् हैन नानी यो कोठाका हाकिम साहेब कति बजे अफिस आउँछन् हँ ! मेरो यो निवेदनमा तोक लगाउनुपर्ने थियो । ती मानिसको कुरा सुनेर महिला छक्क पर्दै भन्छिन् हैन को हाकिम खोज्नुभएको हो ? यहाँको हाकिम मै हुँ नि । 

Author

पुरुषोत्तम बाँस्कोटा