भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्नुहुने छ ।
गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’ । तत्कालीन बेलायती राजकुमार चाल्र्सले विसं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन् ।
झापामा बिक्री गर्नका लागि ल्याइएका सडे गलेका माछाहरू नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको छ ।
नेपाल–भारत समन्वय बैठकमा भारतीय अधिकारीले धारचुलामा खानेपानीको समस्या भएकाले महाकाली नदीको पुलघाट (दार्चुला पारि) बाट लिफ्ट गर्न सहमति मागेका छन् । नेपाली पक्षले भने यस विषयमा सरकारलाई जानकारी गराउने बताएका छन् । भारतको पिथौरागढमा भएको नेपाल–भारत समन्वय बैठकमा नेपालको तर्फबाट बैतडी र दार्चुला र पिथौरागढ जिल्लाका प्रमुख अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको जनाइएको छ ।
त्रिवेणी नगरपालिका क्षेत्रमा अवरुद्ध सडक सञ्चालन गर्न काममा स्थानीय जनप्रतिनिधि नै खटिएका छन् । असारको पहिलो सातादेखि लगातार परेको पानीका कारण अवरुद्ध सडक जनप्रतिनिधिले एस्काभेटर लिएर सडक सञ्चालन गराउन खटिएका हुन् । २०७५ देखि २०८० सम्म त्रिवेणी नगरपालिकाका नौ वटै वडा सडक सञ्जालले जोडिएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी दैनिक उपभोग्य सामग्री ल्याउन दुई घण्टा पैदल हिँडेर बूढीगङ्गा नगरपालिकाको बार्जुगाड र बाम्का बेतालमाण्डौँलगायतका बजारमा जान बाध्य छन् ।
छेङ्गालाल डङ्गौराको जवानीले उहाँको साथ छोडिसकेको छ । ज्येष्ठ नागरिक डङ्गौराले डुङ्गा तर्नुपर्ने बाध्यता भने अझै हटेको छैन । “वचनपनदेखि डुङ्गाबाट ओहोदोहोर गर्दै अहिलेको अवस्थासम्म पुगिसक्यौँ,” उहाँले भन्नुभयो, “कपाल फुलिसक्दा पनि डुङ्गा तर्नुपर्ने बाध्यताको हटेको छैन ।”
झापामा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र अर्का वृद्ध रहनुभएको छ ।
सल्यानको शारदा नगरपालिकाले खानेपानी सरसफाइ तथा स्वच्छता (वास) योजना सार्वजनिक गरेको छ । नगरपालिकाले खानेपानी सरसफाइ तथा स्वच्छता योजना बनाएर वञ्चित समुदायमा समतामूलक वितरण गरी दिगो समाधान गर्ने गरी १० वर्षे योजना सार्वजनिक गरेको हो ।
सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बल (बिओपी), हिल्साले पाँच हजार मिटर अग्लो स्थानमा रहेको चीनसँगको सीमास्तम्भको अनुगमन गरेको छ । उच्च हिमालमा रहेको सो सीमास्तम्भ आसपासको हिउँ पग्लेपछि यस वर्षको पहिलो पटक सो स्तम्भको अनुगमन गरिएको हो । सशस्त्र प्रहरी ४४ नं. गुल्मका सशस्त्र प्रहरी बल नायब उपरीक्षक शङ्करसिंह धामीले नाम्खा गाउँपालिका–५, टाकुलेमा रहेको ११ नं. सीमास्तम्भको धधधध अनुगमन गरिएको जानकारी दिनुभयो । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वको टोलीले उक्त सीमास्तम्भको अनुगमन गरेको हो । २०७७ सालमा यो सीमास्तम्भ निर्माण गरेपछि पहिलो पटक सुरक्षाकर्मीको टोली पुगेको हो । उहाँले वर्षको कम्तीमा एक पटक बिओपीको टोली सो स्तम्भमा पुग्ने र आवश्यक परे अन्य बेला पनि जान सक्ने बताउनुभयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो। यो नगरपालिका पटक÷पटक देशकै उत्कृष्ट नगरपालिका छनोट भएको छ। यस नगरपालिकाको धेरैजसो भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक नेपालकै नमुना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्धनका कार्यक्रमले छ लेन सडक थप आकर्षक बनेको छ । दोस्रो स्थानीय तहको निर्वाचन भएको एक वर्षको अवधिमा यहाँ के कति विकासका काम भए भन्नेबारे नगर प्रमुख रामकृष्ण खाणसँग गोरखापत्रकर्मी भुवन कार्कीले गरेको कुराकानीको सारसङ्क्षेप।
रोल्पा रुन्टीगढी गाउँपालिकाका दुई दाजुभाइले सल्लाको खोटो सङ्कलन गर्न जङ्गलमा बास बस्ने गर्नुभएको छ। उहाँहरू खोटो सङ्कलनका लागि दाङको पहाडी बङ्गलाचुली गाउँपालिका–८ को गोगनपानी सामुदायिक वन समूहको रानीवास जङ्गलमा लामो समयदेखि बस्दै आउनुभएको छ।
बिरुवा गाउँपालिकाले योजनाबद्ध विकास तथा पालिकाको पहिचानलाई नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा राखेको छ। पालिकामा विवादका कारण गत असार ९ गते सुरु भएर दुई पटकसम्म स्थगित भएको थियो। शुक्रबारको गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। गाउँपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचान कायम राख्ने गर्ने विषयलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो ।
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसी कुवा संरक्षण गर्ने प्रतिबद्धता सरोकारवालाले गरेका छन्। भानु घाँसी संरक्षण पार्कले २१० औँ भानुजयन्तीको अवसरमा व्यास नगरपालिका–१२, घाँसी कुवामा गरिएको कार्यक्रमममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो। प्रतिबद्धता व्यक्त गरेपछि घाँसी कुवा र पार्कको संरक्षण हुनेमा स्थानीय आशावादी भएका छन्। पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले घाँसी कुवामा रहेको कुवा र पार्कमा सडक पुग्ने भएकाले मासिने जोखिम रहेको छ। स्थानीयले यसको संरक्षण गर्नुपर्ने माग राख्दै आएका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस सबै भन्दा ठुलो पार्टी भएको बताउनुहुँदै कसैसँग गठबन्धन गरिरहन आवश्यक नहुने बताउनुभयो ।