• ७ जेठ २०८१, सोमबार

उच्च हिमाली क्षेत्रको सीमास्तम्भ अनुगमन

blog

राजन राउत 

हुम्ला, असार ३१ गते । सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बल (बिओपी), हिल्साले पाँच हजार मिटर अग्लो स्थानमा रहेको चीनसँगको सीमास्तम्भको अनुगमन गरेको छ । उच्च हिमालमा रहेको सो सीमास्तम्भ आसपासको हिउँ पग्लेपछि यस वर्षको पहिलो पटक सो स्तम्भको अनुगमन गरिएको हो । सशस्त्र प्रहरी ४४ नं. गुल्मका सशस्त्र प्रहरी बल नायब उपरीक्षक शङ्करसिंह धामीले नाम्खा गाउँपालिका–५, टाकुलेमा रहेको ११ नं. सीमास्तम्भको धधधध अनुगमन गरिएको जानकारी दिनुभयो । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वको टोलीले उक्त सीमास्तम्भको अनुगमन गरेको हो । २०७७ सालमा यो सीमास्तम्भ निर्माण गरेपछि पहिलो पटक सुरक्षाकर्मीको टोली पुगेको हो । उहाँले वर्षको कम्तीमा एक पटक बिओपीको टोली सो स्तम्भमा पुग्ने र आवश्यक परे अन्य बेला पनि जान सक्ने बताउनुभयो । 

टोलीले हिल्सा क्षेत्रमा रहेका सीमास्तम्भलाई नियमित अनुगमन गर्ने गरेको भए पनि उच्च क्षेत्र र असजिला क्षेत्रका सीमास्तम्भमा भने कमै जाने गरेको छ । यस वर्ष ११ नं. सीमास्तम्भसहित दार्चुला क्षेत्रमा पर्ने पाँच नं. र लिमीको लाप्चामा पर्ने १२ नं. सीमास्तम्भमा पनि टोली अनुगमन गर्न सफल भएको छ । नेपाल र चीनका लागि हुम्ला खण्डमा पर्ने सबै सीमास्तम्भको अवस्था राम्रो रहेको सुरक्षाकर्मीको टोलीले जनाएको छ । उहाँले अब दार्चुला क्षेत्रतर्फको हुम्ला खण्डमा पर्ने तीन नं. सीमास्तम्भमा टोली पुग्न नसकेको र अब चाँडै त्यसतर्फ जाने तयारी गरिरहेको बताउनुभयो ।