बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ ।
नेपाल–भारत सीमावर्ती पशुपतिनगर–मानेभन्ज्याङ सडकको निर्माण सम्पन्न भएको छ। सूर्योदय नगरपालिका–२ को पशुपतिनगर बजारदेखि वडा नं. १ को नेपाल–भारत सीमानजिक रहेको मानेभन्ज्याङ बजारसम्मको सडक ढलान सम्पन्न भएको हो।
वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन् ।
चौतारा साँगचोकगढी नगरपालिका–५, चौताराका महिलाहरू घरमै फिनेल र झोल साबुन उत्पादन गरी आम्दानी गर्न थालेका छन् । लुगा धुन, भाँडा माझ्न, टायल सफा गर्न फिनेल, झोल, लिक्युड साबुन उत्पादनमा महिला व्यस्त हुन थालेका छन् । फालिएका प्लास्टिकका बोतल फिनेल र झोल साबुनमा पुनः प्रयोग हुन थालेपछि वातावरण स्वच्छ र सफा हुन थालेको छ ।
नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ८० प्रतिशत रकम अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनमा खर्च गर्ने भएको छ । बोर्डले विगतका वर्षको बजेटको समीक्षासहित नयाँ बजेटमा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनमा जोड दिन लागेको हो । बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “बोर्डले साउन १५ भित्रै आर्थिक वर्ष २०८०/८१ का लागि करिब सवा अर्ब रुपियाँको हाराहारीमा रहेर बजेट ल्याउन लागेको छ । आगामी आवको बजेटमार्फत अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनका कार्यक्रम गर्दा विगतमा भन्दा नयाँ ढङ्गले अगाडि बढ्दै डिजिटाइजेसनलाई प्राथमिकता दिन लागेका छौँ ।” चालु आवमा बोर्डले भारत, चीन, बङ्गलादेश, मलेसियालगायतका देशमा गरेको प्रवर्धनात्मक कार्यक्रमबाट राम्रो प्रतिफल आएको जनाउँदै उहाँले आगामी वर्ष थप गन्तव्यमा प्रविधिको प्रयोगमार्फत प्रचारप्रसारमा जोड दिइने बताउनुभयो ।
मित्रराष्ट्र अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार नेपाल आएर उच्चस्तरीय भेटवार्ता गर्नुभयो। नेपाल सरकारको सहभागितासमेतमा अमेरिका सरकारको अनुदान सहयोग रहने मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसिसी) को कार्यान्वयन र हालसम्म भएको प्रगतिमाथि उहाँको उच्च चासो फलदायी देखिएको छ। आगामी भदौ पहिलो सातादेखि कार्यान्वयन प्रारम्भ हुने यो परियोजना नेपालको दीर्घकालीन पूर्वाधार विकास र नेपाली जनताको लाभसँग जोडिएको छ। नेपालको विकास, शान्ति, लोकतन्त्र प्रवर्धनमा सहयोग पु¥याउँदै आएको अमेरिकाले यो परियोजनामार्फत नेपालको विकासमा थप टेवा पुग्ने विश्वास राखेको छ
माईस्थान समसी सडक खण्डस्थित गौशाला ४ रजखोर गाउँको पानी ट्याङ्कीनजिक शनिवार राती सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गौशाला नपा ३ का ८० वर्षीय साधु साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालको संविधानमा कुनै पनि वर्ष राखिएको छैन। (जस्तो नेपालको अन्तरिम संविधान, २०६३, नेपाल अधिराज्यको संविधान,२०४७) तर यो संविधानको नाम हो नेपालको संविधान। यो संविधान २०७२ मा जारी भएको हो तापनि नाममा वर्ष लेखिएन। यसको मुख्य कारणमध्ये यो संविधान सबै प्रकारका प्रचलित वर्षको साझा संविधान मानिएको हो। यो विक्रम संवत्, इस्वी सन्, नेपाल संवत्, बुद्ध संवत् ताम्सालिङ, किराँत, मगरात, जोजो प्रचलित वर्ष छन् सबैको संविधान हो।
म्याग्दीमा रहेका तातोपानी कुण्डहरूले एक वर्षको अवधिमा करिब दुई करोड रुपियाँ आम्दानी गरेका छन् । म्याग्दी र कालिगण्डकी नदी किनारमा रहेका तातोपानीका कुण्डाहरुले चालु आर्थिक वर्षमा एक करोड ९३ लाख ४१ हजार चार सय सत्र रुपियाँ आम्दानी गरेका हुन । प्रवेश तथा स्नान शुल्क र चन्दा सहयोगबाट उक्त रकम सङ्कलन भएको हो ।
शिक्षा हरेक व्यक्तिको प्राकृतिक अर्थात् नैसर्गिक अधिकार हो। राज्यको अकर्मण्यताले समाजमा दुई वर्गका नागरिक उत्पादित भइरहेका छन्। यद्यपि शिक्षा अनि स्वास्थ्य जस्तो विषय राज्यको प्रमुख दायित्व अवश्य नै हो। शिक्षा जस्तो जीवनोपयोगी क्षेत्रमा दुई फरक धारमा राज्यले विभाजन गरी फरक फरक व्यक्तित्व उत्पादन गर्नु पक्कै पनि देशका लागि प्रत्युत्पादक हुने छ। हुनेखानेका सन्तान सुविधा सम्पन्न निजी विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरिरहेका छन् भने गरिबीका रेखामुनि परेका विपन्न परिवारका नानीबाबु सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन्। जसका कारण अहिलेको (ग्लोबल मार्केटमा) प्रतिस्पर्धाको युगमा विभिन्न असुविधाले पछि पर्दै छन्।
हालै एक जना भारतीय यातायात व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलेको विषयले निकै चर्चा पायो। उक्त कार्यव्रmममा प्रधानमन्त्री प्रचण्डले उहाँसँग जोडिएको विगतको भावनात्मक सम्बन्धलाई पुनः स्मरण गर्नुभयो । पुरानो पारिवारिक सन्दर्भ पोख्नुभयो । झन्डै दस वर्षअघि सिंहले उहाँकै घर दिल्लीमा विचार, एजेन्डा, राजनीतिक आन्दोलन र उपलब्धिको आधारमा तपाईं नै प्रधानमन्त्री बन्दा स्वाभाविक हुन्छ भनेर कोठे चिया गफका क्रममा भनेको प्रसङ्ग सहज ढङ्गले सुनाउनुभयो ।
घरेलु हिंसा घरमा हुने हिंसा हो। घरपरिवारका सदस्यबाट हुने हिंसा हो। घरेलु हिंसा गर्ने अनि हिंसाविरुद्धमा चर्को भाषण गर्ने हाम्रो संस्कारको कहिले अन्त्य होला ? ‘जो चोर उसैको ठुलो स्वर’ भने झैँ जो गन्यमान्य र ठुला मानिन्छन्, उनीहरूको परिवारभित्र नै घरेलु हिंसा बढी हुने प्रचलनलाई कहिले रोक्ने हो हामीले ? हिंसा नगर्ने मानसिकताको विकास कहिले गर्ने, कसले गर्ने र कसरी गर्ने ? परिवारकै सदस्यले आफ्ना सन्तानलाई विभेद गर्छन् भने, हिंसा गर्छन् भने त्यसको न्याय खोज्न कता जाने हो ? हरे
नेपाल उद्योग परिसङ्घले सरकारसँग जलविद्युत् आयोजनाहरूको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) खुला गर्न आग्रह गरेको छ । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरेको भन्दै पिपिए खुलाउन आग्रह गरेको हो ।
व्यावसायिक कागती खेतीका लागि किसानलाई कागतीका बिरुवा वितरण गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका कागती खेतीका लागि बढी सम्भावना भएको तर हालसम्म खेती सुरु नगरिएका कारण गाउँपालिका अध्यक्ष लालकेश जैसीको अगुवाइमा कागतीका बिरुवा वितरण गर्ने कार्य गरिएको हो ।
चितवनमा उत्पादित पशु आहार प्रशोधित घाँस (साइलेज/हाइलेज) चीनमा निर्यात सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रम आयोजना गरी हाइलेज र साइलेज चीनको तिब्बतीय सहर सिगात्सेतर्फ पठाइएको हो ।