इलामको नेपाल–भारत सीमावर्ती पशुपतिनगर–मानेभञ्ज्याङ जोड्ने सडकको निर्माण सम्पन्न भएको छ ।
नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका –१३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ । शनिबार काठमाडौं विष्णुमती कोरिडोरस्थित निलबराहीको टंकेश्वर वडा १३ मा वृक्षारोपण गरिएको हो ।
सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।
दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।
भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।
नेकपा (एमाले) ले सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताउनुभएको छ ।
सशस्त्र प्रहरीले पर्साबाट एक करोड ३६ लाख रुपियाँभन्दा बढीको सामानसहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
दाङको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका दुई जना बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ३८ वर्षीय यमाकुमारी कँवर वली र उहाँका १२ वर्षीय छोरा यकिन वली रहनुभएको छ ।
कैलाली–कञ्चनपुरका मूल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।
पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरूको आकर्षण बढेको हो ।
जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।
मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।