केही दिनदेखि परेको वर्षाका कारण सुनसरी र मोरङ जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। बाढीका कारण मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि तीन परिवार विस्थापित भएका छन्। अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो। सिङ्घिया खोलामा आएको बाढीले घरटहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएका परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले कानुनी राज्यबिना सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको छ। कानुनी राज्य सभ्य समाजको आधारशीलासमेत भएकाले विधिको सर्वोच्चता अङ्गीकार गरिएका शासनपद्धतिले नै समाजलाई सभ्य र समुन्नत बनाउने धारणा उहाँले राख्नुभयो।
उमेर नपुगी विवाह गरेका अधिकांश व्यक्ति अहिले शारीरिक र मानसिक पीडामा रहेका पाइएको छ। महिला सशक्तीकरण स्रोत केन्द्र र युवा महिला सञ्जाल उदयपुरले यस जिल्लाका आठ वटा स्थानीय तहमा उमेर नपुगी भएकोे विवाहपछिको जीवन भोगाइमा आधारित रहेर गरेको खोजमूलक अध्ययनमा यस्तो तथ्य फेला परेको हो।
गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ग्रामीण स्थल मादने गाउँपालिका वडा नम्बर– १ अग्लुङ्गले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।
पाल्पाका अधिकांश स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दूषित रहेको पाइएको छ। जिल्लाका ८९ वटा स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानीको जाँच गरिएकोमा ३४ वटा स्वास्थ्य संस्थाको पानी दूषित रहेको पाइएको हो। स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाको दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता जाँच गरेको थियो। रिब्दीकोट गाउँपालिकाका आठ वटा स्वास्थ्य संस्थाको पानी जाँच गरिएकोमा छ वटा संस्थामा प्रयोग हुने पानीमा कोलिफर्म जीवाणु फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूधन भट्टराईले जानकारी दिनुभयो। कोलिफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिशामा पाइने एक प्रकारको जीवाणु हो।
घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौँ रुपियाँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा अत्यधिक कडाइ गरिएको छ। सोही कारणले अहिले सीमापारीबाट सय रुपियाँभन्दा बढीको सामान खरिद गरेर ल्याउनेहरूबाट राजस्व असुली गर्न थालिएको छ। मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि नाका वरपरबाट हुँदै आएको तस्करी र अवैध आयात भने रोकिएको छैन।
उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा झन्डै शतप्रतिशत योजना कार्यान्वयन गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले आव २०७९/८० मा छनोट गरेका १६८ योजनामध्ये १६६ योजना कार्यान्वयन भएको बताउनुभयो। रघुगङ्गा गाउँपालिका–२, भगवती र ५ झिँ को वडा कार्यालय निर्माण सम्पन्न भएका छन्। त्यस्तै झिँ–टोड्के सडक, भगवती र झिँमा कोल्डस्टोर, घुमाउने ताल–तिल्केनी–राहुघाट नदी नियन्त्रण जस्ता महत्वपूर्ण योजना कार्यान्वयन भएका छन्।
गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त हुनुहुन्छ । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुग्नुभएका रमेश बस्नेत आठ वर्ष जापानमा बस्नुभयो । कोरोना कहरको समयमा नेपाल आउनुभएका बस्नेत पुनः जापान फर्कन चाहनुभएन ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, हिर्दिङ निवासी रमेश थापालाई यतिखेर आफ्नो नर्सरीमा उत्पादन भएको जुनारको बिरुवा बिक्री गर्न भ्याइनभ्याइ छ । जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्ने गरेको उहाँले सुनाउनुभयो । “हरेक वर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ,” विगत १० वर्षदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएका थापाले भन्नुभयो, “यो वर्ष असारको सुरुदेखि अहिलेसम्म १३ हजार जुनारको बिरुवा बिक्री गरेँ, अझै १० हजार जति बिरुवा बिक्री गर्न बाँकी छ ।”
लक्ष्मी बैङ्क लिमिटेड र सनराइज बैङ्क लिमिटेडले ‘लक्ष्मी सनराइज बैङ्क लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । लक्ष्मी र सनराइजले १:१ अनुपातमा मर्जर भई संयुक्त कारोबार थालेका हुन् । मर्जरमा जानका लागि गत जेठ ८ गते अन्तिम सम्झौता गरेका दुवै बैङ्कको गत असार ३ गते सम्पन्न साधारण सभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको थियो । मर्जरका लागि नेपाल राष्ट्र बैङ्कले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । हाल लक्ष्मी बैङ्कको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपियाँभन्दा बढी छ भने सनराइज बैङ्कको १० अर्ब ११ करोड रुपियाँभन्दा बढी छ । दुई बैङ्क एक भएपछि चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपियाँभन्दा बढी कायम हुने बताइएको छ ।
सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको क्षेत्रफल २८०.२६ वर्ग किलोमिटर र जनसङ्ख्या ३६ हजार ६२ रहेको छ। यसमा ११ वटा वडा छन्। महाभारत पहाडका अग्ला डाँडा र भिरालो भूबनोटका कारण विकासमा समस्या छन्। यो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर थापामगर निर्वाचित हुनुभएको छ। यो उहाँको दोस्रो कार्यकाल हो। उहाँसँग गोरखापत्रका बाबुराम देवकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
करिब एक महिना अगाडिको कुरा हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रेस सेन्टर नेपालको साधारण सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा पङ्क्तिकारले आयोजकलाई पाँच मिनेट समय माग गरेको थियो। त्यहाँ प्रधानमन्त्रीलाई पाँच मिनेटमा सार्वजनिक रूपमा दन्त्य कथा सुनाउँछु भन्ने पङ्क्तिकारको विचार थियो। आयो
नेपालको पहाडी जिल्ला रसुवाको उपल्लो भूभागमा अवस्थित टिमुरेमा रहेको खैडी गाउँ यतिबेला लगभग सुनसान छ। युवा विदेशिएर वा कुनै विपत्ति परेर गाउँमा यसरी सन्नाटा छाएको होइन। कुनै समय घले राजाको दरबारसमेत रहेको यो गाउँका बासिन्दा अचेल सोही गाउँको तल्लो भूभागमा अवस्थित भोटेकोशीको किनार वरपरको क्षेत्रमा बसाइँ सरेर बसोबास गर्न थालेका छन्। यो क्रम तीव्र रूपमा छ । पुस्तौँदेखि कृषि र पशुपालनलाई जीविकोपार्जनलाई मुख्य स्रोत मान्दै आएका टिमुरे गाउँका बासिन्दालाई पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको वातावरणीय समस्या प्रमुख चुनौती बन्यो। टिमुरे गाउँ त एउटा प्रतिनिधि गाउँ मात्रै हो। वातावरण तथा जलवायुसम्बन्धी अध्ययन अनुसार, नेपालको तराईमा भन्दा पहाडी भूभागमा, पहाडी भूभागमा भन्दा हिमालमा र हिमाल
मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौँको कलङ्कीबाट शुक्रबार मकवानपुरको बागमती गाउँपालिका-३ घर भई हाल काठमाडौँको स्वयम्भू ठुलो भर्याङ बस्ने २२ वर्षीय अमृत पाख्रिन तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ घर भई ठुलोभर्याङनै बस्ने २५ वर्षीय बुद्ध बहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।
मानिसले जन्मदेखि मृत्युसम्मका क्रियाकलापलाई विभिन्न किसिमका संस्कारका रूपमा मान्दै आएका छन्, जसको समष्टिगत रूप नै संस्कृति हो। बदलिँदो जीवनको गति, समय, परिस्थिति र विकासक्रम अनुसार हाम्रो संस्कार र संस्कृतिमा सुधार गर्दै जानुको साटो हालसाल धेरै विकृति/विचलन देखा पर्दै आएका छन्। खास गरी २०७२ सालको सङ्घीय गणतान्त्रिक संविधानले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेपश्चात् एकातर्फ यस्ता विकृति झन् बढेको पाइएको छ। अर्कोतर्फ १४ जनवरी २०२३ को बिबि