तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो।
संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ।
प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) बैठक कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति भवनमा बसेको छ।
पर्याप्त वर्षा नहुँदा कपिलबस्तुका किसानलाई रोपाइँ गर्न समस्या भएको छ ।
अर्जुन चौपारीमा गाउँपालिका १ बजारमा निर्माण गरिएको हेलीप्याड हस्तान्तरण गरिएको छ ।
झुठो विवरण पेश गरी जन्मको आधारमा २०६३ सालमा नेपालको नागरिकता लिने एक दम्पतीले जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजको आधारमा छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ परेका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानुनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्त्वपूर्ण फड्को मार्ने बताउनुभएको छ।
वीरगञ्जको नयाँ बसर्पाक चोकमा शुक्रबार आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण गरिएको छ ।
संस्कृति पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका साहित्यिक व्यक्तित्वलाई सम्मान गरेको छ ।
मंगलसेन नगरपालिका–१४ कालागाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । कालागाउँको मेलपोखरामा राखिएको अस्थायी पोष्टले तीन स्थानीय तहका छ वडा कार्यक्षेत्र तोकिएको छ ।
जापान सरकारले काठमाडौंमा रहेको मानसिक स्वास्थ्य केन्द्रलाई तीन करोड ५३ लाख ६० हजार अनुदान रकम सहयोग गरेको छ ।
भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ ।
सप्तरीमा समेत लम्पी स्किन रोगको प्रभाव बढ्दै गएको छ । यति बैला मुलुकको विभिन्न जिल्लामा फैलिएको लम्पी रोगबाट सप्तरीमा समेत पशु चौपाया मर्न लागेको हो ।