सहस्राब्दीब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु. २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
कविताबारे पठन गर्नु जति सरल छ, त्यति नै कठिन कार्य कविताबारे बोल्नु वा लेख्नु हो । त्यसमाथि परम्परित समीक्षाले लेख्य विषयलाई विवेचना गर्दा वा मूल विषयमाथि अनेक सन्दर्भसामग्रीले उदाहरण बनाउँदा लेख्य विषयको मूल कथ्य वा विषय दिग्भ्रमित हुने कुरा त छँदै छ, त्यसमा झन् उदाहरणको थुप्रो थुम्कोले भन्नुपर्ने ‘कुरा’ बिलाइरहेको अवस्था बन्न जा
अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे७प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ ।
दोलखाको कालिन्चोक गाउँपालिका–८ सुनखानी स्थितको नीलकमल कृषि सहकारीका सेयर सदस्यहरूबाट उत्पादित कफी अन्तर्राष्ट्रिय बजारमा पुगेको छ ।
भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ ।
वैकल्पिक सहायक राजमार्ग विकास कायक्रम अन्तर्गत डडेलधुरा जिल्लाको सहायक सडक निर्माणका लागि नयाँ आर्थिक वर्ष २०८०/८१ मा देशभरमै बढी बजेट छुट्याइएको छ । सडक निर्माण तथा स्तरोन्नतिका लागि पाँच अर्ब २० करोड ५७ लाख रुपियाँ बजेट छुट्याइएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार, सो रकममध्ये एक अर्ब १० करोड रुपियाँ डडेलधुरा जिल्लाका सडक निर्माणका लागि छुट्याइएको छ । सो रकम देशभरमै सबैभन्दा बढी हुन आउँछ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा डडेलधुराका आठ वटा आयोजना छनोटमा परेका छन् । एउटै योजनामा १० करोडदेखि ३० करोड रुपियाँसम्म बजेट छुट्याइएको छ ।
धनकुटामा अधिकांश माछा पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले बिहीबार आयोजना गरेको संयुक्त अनुगमनको क्रममा यस्तो पाइएको हो ।
बर्खा सुरु भएसँगै मार्तडी–कोल्टी सडक अवरुद्ध हुन थालेको छ । एक वर्ष पहिला कालोपत्रे हुनुपर्ने यो सडक निर्माणकार्यमा ठेकेदार कम्पनीले ढिलाइ गरेसँगै बर्खाको समयमा सडक अवरुद्ध हुने गरेको हो । २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडाैँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माणको जिम्मा लिएको हो ।
अमरगढी नगरपालिका–७ मा डेढ करोडभन्दा बढीका योजना पूरा भएका छन् । चालु आर्थिक वर्षमा २१ योजना पूरा गर्न एक करोड ५२ लाख रुपियाँ खर्च भएको छ । पोखरा क्षेत्रका २१ वटा टोलमा पक्की बाटो निर्माण गरिएको छ । त्यस्तै पिसिसी बाटो निर्माणमा ८० लाख रुपियाँ खर्च गरिएको वडाध्यक्ष खड्क बोहराले जानकारी दिनुभयो । सातौँ वडा भेला कार्यक्रममा चालु आर्थिक वर्षको योजना र खर्चबारे जानकारी दिँदै वडा सचिव लोकराज पाठकले सबै योजना पूरा भइसकेको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समावेदन दिनुभएको छ । राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको थियो ।
सुर्खेतस्थित प्रदेश अस्पतालमा दैनिक नौ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिमा सेवा लिन भने सेवाग्राहीलाई समस्या रहेको छ । वीरेन्द्रनगर नगरपालिका–९ की ३८ वर्षीया जानकी बुढाले स्वास्थ्य बिमा सेवा लिन निकै झन्झटिलो लागेको बताउनुभयो । उहाँका अनुसार कागजपत्र नमिलेको भन्दै झन्झट र दुःख दिने गरिएको छ । अस्पतालमा सेवा लिन लगातार तीन दिनसम्म धाउँदा पनि सेवा लिन सहज भएन । वीरेन्द्रनगर नगरपालिका–३ का ४१ वर्षीय जीवन शाहीले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भए पनि प्रक्रिया झन्झटिलो र व्यवस्थापन कमजोर हुँदा सेवा लिन सास्ती भएको बताउनुभयो । प्रदेश अस्पतालका स्वास्थ्य बिमा ‘फोकल पर्सन’ रामप्रसाद भण्डारीले बिमाको प्रक्रिया झन्झटिलोभन्दा पनि यसबारे बीमितलाई बुझाउन नसक्दा समस्या भएको बताउनुभयो । उहाँका अनुसार जनशक्तिको अभाव र नागरिकमा प्रक्रियाबारे ज्ञान नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको हो । दैनिक पाँच सयदेखि आठ सयको हाराहारीमा स्वास्थ्य बिमाका सेवाग्राही प्रदेश अस्पतालमा आउने गरेका छन् । कर्मचारी अभावका कारण भने एक कर्मचारी बराबर दुईदेखि साढे दुई सय सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था छ ।