आत्महत्या दुरुत्साहन आरोपमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका वडा अध्यक्ष, महिला सदस्यसहित तीन जना पक्राउ परेका छन् ।
विभागीय टोली नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपालले सातौँ एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ बिहीबार सफलता हात पारेका छन् ।
नेकपा (एमाले) को सचिवालय बैठक असार ३० गते शनिबार बिहान ११ बजे बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक विषयमा समीक्षा हुने बताइएको छ ।
पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारका सदस्यहरूसहित स्व.सीता दाहालको निधनमा बालुवाटारमा श्रद्धाञ्जली अर्पण गर्न तथा समवेदना दिन आउने आगन्तुकसँग भेटघाट गर्नुहुँदै ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सल्लाहकार स्व. सीता दाहालको माओवादी आन्दोलनमा महत्त्वपूर्ण योगदान रहेको स्थानीय नेताहरूले चर्चा गर्नुभएको छ ।
समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पन्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् ।
मकवानपुर प्रहरीले सुन र अवैध कपडा र खाद्यान्नसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडक खण्डमा बिहीबार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नं. को सुमो जाँच गर्ने क्रममा प्रहरीले सुनसहित अवैध सामान बरामद गरेको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्कनुभएको छ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुने उहाँको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुनेछ ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढ्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको साउन २ गते बस्ने केन्द्रीय कार्य समिति बैठकका विषय पदाधिकारी बैठकले तय गर्ने भएको छ ।
बुधबार बिहान काठमाडौंको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो। छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो। सन्तान यही जन्मिए उहाँका ऊर्जाशील धेरै समय पनि चितवनै बित्यो।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताउनुभएको छ ।
गायक शिव सागर खड्काको स्वरमा ‘मलाई खोज्नु पर्ला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा शब्द तथा सङ्गीत गायक खड्काकै रहेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ठुलो समस्याका रूपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरूक भएर लागेको बताउनुभएको छ ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ ।