गुल्मीमा पहिलो पटक माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकहरूको मागलाई मध्यनजर गर्दै जिल्लामै पहिलो पटक माटो परीक्षणका लागि प्रयोगशालाको स्थापना गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको हो ।
जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै प्रलोभनमा पार्ने केशव तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताउनुभएको छ ।
सुर्खेतको काँक्रेविहारमा जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर-९ स्थित नयाँगाउँ क्षेत्रमा जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच बुधबार भएको झडपमा छ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले एएफपीलाई बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारको रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेविरूद्ध चौतर्फी घेराबन्दी जारी रहेको बताउनुभएको छ । हरेक बिषयसँग जोडेर एमालेलाई बदनाम गराउने देशी बिदेशी षड्यान्त्रलाई चिर्न पार्टीसम्वद्व प्रचार तथा प्रकाशन कमिटीले कार्ययोजना बनाएर जनता माझ पुगाउन अनिवार्य रहेको उहाँले चर्चा गर्नुभयो ।
हेवा खोलामा आएको बाढीले डाइभर्सनको सतह पार गरेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक पुन: अवरुद्ध भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह पहिरोले बगाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्लाको रूपमा विकास गरिने बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असारे र डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले सो कुरा बताउनुभएको हो ।
सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) को कार्यान्वयनबारे छलफल भइरहेको जानकारी गराएको छ ।
हिमाली जिल्ला म्याग्दीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।