सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा मङ्गलबार भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु भयो। सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको सो हेलिकोप्टरमा अनुभवी एक चालकसहित मेक्सिकोका पाँच जना नागरिक थिए। गत वर्ष माघ १ गते पोखरामा भएको यती एयरको दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको देहावसान भएको थियो। त्यसयता नेपाली आकाशमा चार वटा हेलिकोप्टर दुर्घटना भइसकेका छन् र सात जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको दाबी गरिरहेका बेला पटक–पटक हेलिकोप्टर दुर्घटना भइरहेको सन्दर्भमा गम्भीर विश्लेषण गरी चुनौती यकिन गर्नुपर्ने देखिएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधि
नेपाल जातीय, भाषिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, पर्यावरणीयलगायत कैयौँ विविधता भएको देश हो। यहाँ करिब १०० जाति तथा समुदाय, १२५ भाषा, लगभग दस धर्म तथा धार्मिक सम्प्रदाय, थुप्रै चाडपर्व तथा रीति–रीवाज एवं परम्परा छन्। यहाँको राजनीतिक व्यवस्था जे भए पनि राज्यसत्तामा भने सधैँ हिन्दु धर्म र बाहुन–क्षेत्री समुदायको वर्चस्व रहँदै आएको छ। त्यसैले यहाँ सबै क्षेत्रमा जातीय एवं धार्मिक एकाधिकार व्याप्त छ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताउनुभयो । बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उहाँले उक्त चलचित्रमार्फत एकल आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताउनुभयो ।
जिल्ला सदरमुकाम बागलुङदेखि पश्चिमा रहेका नागरिकलाई सहजरुपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा २०५४ सालमा इलाका प्रशासन, मालपात र नापी कार्यालय स्थापना भए । कार्यालय स्थापनापछि उक्त क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसअघि सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो । तर २०५८ सालपछि सशस्त्र द्वन्द्वका कारण तीनवटै कार्यालय विस्थापित भए । कार्यालय विस्थापित भएर बागलुङ बजारमा आएपछि पश्चिम बागलुङवासीले निकै सास्ती पाए ।
सन् १९९० देखि सुरु भएको कक्षा १० को परीक्षाको आफ्नै इतिहास छ। शाब्दिक रूपमा उहिलेको एसएलसी अचेल एसइई भएको छ। सुरुवातदेखि नै यसलाई फरक र महत्वपूर्ण ढङ्गले हेर्दै आइयो। यही तहको परीक्षालाई विगतदेखि नै इज्जत र प्रतिष्ठाको विषयमा बनाइँदै आइएको छ, चाहे त्यो विद्यालयमा पढाइने सन्दर्भमा होस् कि विद्यालयमा विद्यार्थी पढ्ने प्रक्रिया होस्। अथवा विधालयले आफ्नो विज्ञापन र मूल्याङ्कन गर्ने आधार यसैलाई बनाइँदै आएका छन्।
यहाँ निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पानी लैजाने सुरुङ निर्माण झन्डै ७५ प्रतिशत पुरा भएको छ । पानी लैजाने सुरुङको एक हजार चार सय ५६ मिटर मध्ये पाँच सय मिटर मात्रै बाँकी रहेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख राजाभाई शिल्पाकारले बताउनुभयो । यसै सुरुङमार्फत पानी खसाएर पावर हाउस निर्माण हुने छ ।
कार्यालयको कामसँगै देशभित्रका महत्वपूर्ण स्थानमा पुग्ने क्रममा २०८० जेठको अन्तिम दिन समयले डो¥याएर जनज्योति माध्यमिक विद्यालय बड्डीचौर, सुर्खेत पु-यायो। विद्यालयको समग्र अवलोकन एवं छलफलपछि लाग्यो कि यहाँका प्रेरणादायी प्रसङ्ग यथासम्भव पाठकसमक्ष पु¥याउनु पर्छ, जसको प्रतिफलस्वरूप यो आलेखमा सो विद्यालयले लिएको अग्रसरतालाई शब्दमा उनेर यहाँहरूसमक्ष पेस गरेको छु ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई कार्यकालको सफलताले विश्वमै भारत नयाँ उचाइमा पुगेको छ। उहाँले यो अवधिमा बनाउनुभएको लोकतान्त्रिक छविले उहाँप्रतिको आकर्षण बढेको हो। गुजरातको मुख्यमन्त्री बन्दा भएको हिन्दु–मुस्लिम दङ्गा रोक्न प्रभावकारी कदम नचालेको आरोप लागेका मोदीलाई १० वर्षसम्म अमेरिकाले भिसा दिएन। यस प्रकरणले उहाँ अनुदारवादी नेता हो कि भन्ने धेरैलाई लागेको थियो तर प्रधानमन्त्री बनेयता उहाँले आफूलाई बहुप्रतिभाशाली र उदारवादी नेताका रूपमा स्थापित गर्न सफल हुनुभयो। उहाँको सफलतासँगै भारतलाई ठुलो लाभ मिलेको छ। भिसा रोक्ने अमेरिकाले अहिले उहाँलाई रातो कार्पेट बिछ्याएर भव्य स्वागत मात्र होइन, उहाँको खुलेर प्रशंसासमेत गरेको छ। अमेरिकाको भ्रम
राजविराज नगरपालिकामा विभिन्न निर्माण काम गरेबापतको रकम भुक्तानी नपाएपछि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीले नपा कार्यालयमा तालाबन्दी गरेर धर्ना दिएका छन् । नगरपालिका मार्फत भएका सडक, नाला, प्रवेशद्वार, सामुदायिक भवन निर्माणलगायत विभिन्न योजनाको भुक्तानी नपाएपछि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रेका हुन् ।
मोरङको कानेपोखरी गाउँपालिकाले थप ८ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्ने भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकालाई जोड्ने तामाकोशी पुलले सात वर्षदेखि निर्माण कम्पनी नीलगिरि नेसनल जेभीलाई कुरिरहेको छ। विसं २०७३ मा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्ने तामाकोशी नदीमा निर्माण हुने पुल अलपत्र अवस्थामा छ।
बाह्रबिसे–तातोपानी राजमार्गमा जोखिम बढेको छ। २६ किलोमिटर लामो उक्त राजमार्गका ठाउँ ठाउँमा पहिरो र भोटेकोशी नदीको कटानले सवारीसाधन आवतजावतमा जोखिम बढेको हो। चाकु बजारभन्दा केहीमाथि रहेको झ्याले भिरबाट पहिरो आएर राजमार्ग दिनहुँ अवरुद्ध हुँदै आएको छ। ठाडो खोलाले साँधी खोल्सा खण्ड जीर्ण बनेको छ। डाक्लाङ सडकखण्ड चिराचिरा परेको छ। १० किलो, लार्चा खण्डमा पहिरोको जोखिम बढेको छ।
बागमती प्रदेशमा डेङ्गु रोग सङ्क्रमण बढ्दै गएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मे (वैशाख १८–जेठ १७) मा २७ जनामा डेङ्गु सङ्क्रमण भएकामा जुन (जेठ १८–असार १५) महिनामा ११७ जनामा सङ्क्रमण भएको छ। यी दुई महिनामा डेङ्गु रोग सङ्क्रमण भएकाको सङ्ख्या मात्रै वृद्धि नभई डेङ्गु रोग सङ्क्रमण भएका जिल्लाको सङ्ख्यासमेत वृद्धि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. रविन भुसालका अनुसार मे महिनामा रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर र ललितपुर गरी छ जिल्लामा डेङ्गु रोगी पहिचान भएकामा जुन महिनामा दोलखा र रामेछापबाहेकका ११ जिल्लामा डेङ्गु सङ्क्रमित भेटिएका छन्।
डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।
पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो ।