सुदूरपश्चिम प्रदेश सभाको बुधबार बोलाइएको बैठक स्थगित गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
“देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ। मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भन्नुभएको थियो। पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उहाँ दाहालले आज भौतिक संसार छाड्नुभएको छ।
नेपाल समाजवादी पार्टीले साउन १ गतेदेखि पार्टी सङ्गठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने भएको छ । नेसपाका प्रचार विभाग प्रमुख विश्वद्विप पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै ६ महिनासम्म सो अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।
झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष जय नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बुधबार विज्ञप्ति जारी गर्दै साहसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुःख व्यक्त गर्नुभएको छ ।
सिन्धुली जिल्लामा यो वर्ष हालसम्म ५७ प्रतिशत रोपाइँ सकिएको छ । सिन्धुली जिल्लामा यो वर्ष मनसुन ढिलो सुरु भएकाले बुधबारसम्म ५७ प्रतिशत अर्थात् नौ हजार एक सय ८१ हेक्टरमा सम्पन्न भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।
असार १५ गतेदेखि सुरु भएको रोपाइँ कार्य महिला मजदुरहरूको भरमा भइरहेका छन् । विद्युत मोटरबाट सिँचाइ गरेर रोपाई कार्यमा लागेका कृषकहरू असार महिनाको अन्तिम हुन लागेकोले रोपाइँलाई तीव्रता दिएका छन् ।
महोत्तरी सर्लाही सीमामा पर्ने बाँके खोलामा मध्यरातको समय पारेर अवैध उत्खनन् गर्ने एक्स्काभेटरसहित चालकलाई स्थानीय जनताले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गर्नुभएको छ।
मधेश प्रदेशमा पहिचान भएका तीन हजार ७१६ जना 'एचआइभी' सङ्क्रमितमध्ये तीन हजार ५१७ जना अर्थात् ९५ प्रतिशत सङ्क्रमित औषधि सेवनको पहुँचमा आइसकेको सरकारी एक तथ्याङ्कले देखाएको छ ।
नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाह एसियन एथलेटिक्स एसोसिएसनको सदस्यमा निर्वाचित हुनुभएको छ । थाइल्याण्डको बैंककमा भएको एसोसिएसनको साधारण सभाले शाहलाई सदस्य पदमा निर्वाचित गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डले दागबत्ती दिनुहुँदा छोरी रेणु र गङ्गा दाहाल साथमा हुनुहुन्थ्यो ।
परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरु आधुनिक बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।
घाँस काट्न गएकी बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ ।