युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताउनुभएको छ ।
परोपकारी संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टनमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट उहाँ उक्त पदमा निर्वाचित हुनुभएको हो ।
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।
बुटवल उपमहानगरपालिकाले भर्ना शुल्क वृद्धि नगर्न बुटवलका विद्यालयहरूलाई निर्देशन दिएको छ । मङ्गलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा सहर बनाउन जोड दिँदै भर्ना शुल्क नबढाउन निर्देशन दिएको हो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको खबरले स्तब्ध भएको बताउनुभएको छ ।
सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताउनुभएको छ । सोमबार जिल्ला समन्वय समिति ललितपुरको सातौँ जिल्ला सभामा बोल्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
दाङको घोराही उपमहानगरपालिका-१७ निवासी रामप्रसाद चौधरीलाई एक बिघाह जमिनमा खेती गर्न केही वर्ष अघिसम्म करिब एक महिना लाग्थ्यो । तर अहिले एक बिघाह क्षेत्रफलमा धान खेती गर्न करिब ४-५ दिन मात्रै लाग्छ ।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सबैभन्दा महत्त्वपूर्ण रहेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा आएसँगै यहाँका मानिसको जीवनस्तरमा परिवर्तन आएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैङ्क तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताउनुभएको छ ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार ७२ दशमलव २४ मा सीमित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताउनुभएको छ । काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा उहाँले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्ट पार्नुभयो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सो प्रकरणमा मङ्गलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
यो वर्षको वैशाख १ देखि असार २५ गतेसम्म झण्डै तीन महिनाको अवधिमा बाढीका ८९ घटना हुँदा पहिरोका दोब्बरभन्दा बढी दुई सय ४८ घटना भएका छन् ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा बन्ने भौतिक संरचना प्रायः एक आर्थिक वर्षमा सम्पन्न हुन कठिन हुनेगरेको छ । मन्त्रालयले विद्यालय क्षेत्रमा गर्ने भौतिक सहयोग बिषेश आयोजनाको समयमा अख्तियारी नपठाएका कारण योजनाले पूर्णता पाउन कठिन भएको हो ।