माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा बैतडी जिल्लाका विभिन्न विद्यालयको नतिजा सुदूरपश्चिम प्रदेशकै कमजोर देखिएको छ। एसइईमा सहभागी १३३ वटा माध्यमिक विद्यालयका पाँच हजार विद्यार्थीमध्ये ‘ए प्लस’ ग्रेड ल्याउनेको सङ्ख्या शून्य छ। एसइईको नतिजा अनुसार पाँच हजार ३३८ जना विद्यार्थीमध्ये कसैले पनि ‘ए प्लस’ ल्याउन सकेनन्। जिल्लाभर ‘ए’ ल्याउने ३४ जना, ‘बी प्लस’ ल्याउने १७२ जना र ‘बी’ ल्याउने ६४७, ‘सी प्लस’ ग्रेड ल्याउने एक हजार ५०६ जना छन्।
तनहुँ जिल्ला अदालतले १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरका अभियुक्तलाई साढे १८ वर्ष कैद सजाय तोकेको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार व्यास नगरपालिका–१० निवासी यमबहादुर विकलाई नाबालिका बलात्कार गरेको कसुरमा फैसला सुनाएको तनहुँका जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो।
कै महत्वपूर्ण मानिएको मुस्ताङको कोरला नाकामा सुक्खा बन्दरगाह निर्माणका लागि भौगोलिक अध्ययन सुरु भएको छ। नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले विस्तृत इन्जिनियरिङ सर्वेक्षण, डिजाइन र प्रतिवेदन तयारीका लागि काम सुरु गरेको हो। चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको मुस्ताङको कोरला नाकाको सीमा क्षेत्रमा बन्दरगाहका लागि भौतिक पूर्वाधार निर्माणपूर्व डिपिआर तयार गर्ने हेतुले भू–प्राविधिक अध्ययन (माटो परीक्षण) सुरु भएको छ।
आर्थिक वर्ष अन्त्य हुने क्रमसँगै सरकारी कार्यालयमा बजेट सक्ने चटारो छ। यस विपरित बर्दिबासस्थित यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारीलाई राजस्व सङ्कलन र सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न भ्याइनभ्याइ छ। सामान्य दिनमा अढाई तीन सय जतिले सेवा लिने यस कार्यालयमा असार लागेदेखि दोब्बर बढीले भिड बढ्दै गएपछि सास फेर्ने पनि फुर्सद नभएको कर्मचारीले जनाएका छन्।
डिभिजन वन कार्यालय डोल्पाले बिना प्रतिस्पर्धा एक परामर्शदातालाई १५ लाख रुपियाँ भुक्तानी गरेको पाइएको छ । डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत महेश कुमाईंको आन्तरिक मिलेमतोमा आफन्त नाता पर्नेको फर्मलाई बिना प्रतिस्पर्धा १५ लाख भुक्तानी गरेको पाइएको हो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले दोस्रो कार्यकालमा स्वास्थ्य प्राविधिकलाई घरदैलोमा खटाएर जनतालाई स्वास्थ्य सेवा दिन थालेको छ। त्यहाँ स्थानीयको घरमै पुगेर मुटुको चाल, श्वासप्रश्वास दर, अक्सिजन मात्रा, मधुमेहलगायत २७ प्रकारका परीक्षण गरी तत्काल नतिजा उपलब्ध गराउने गरिएको छ। सो नतिजाका आधारमा नागरिक
नेपालको संविधानको धारा २४६ को उपधारा (३) मा निर्वाचन आयोगले संविधान र सङ्घीय कानुनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने व्यवस्था छ। राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा कुनै उम्मेदवारको योग्यता सम्बन्धमा कुनै प्रश्न उठेमा त्यसको निर्णय गर्ने अधिकार संविधानले निर्वाचन आयोगलाई दिएको छ।
विभिन्न कारणले गर्दा अर्थतन्त्र स्वाभाविक गति र लयमा नचल्दा नेपालको मौद्रिक इतिहासमै आर्थिक वर्ष २०७८/७९ मा सङ्कुचित मुद्रा प्रदाय पहिलो पटक ऋणात्मक परिवर्तन भएकोमा आव २०७९/८० पनि यही क्रम दोहोरिने अवस्था छ । विसं २०१४ असारदेखि २०७९ असारसम्म ६५ वर्षको अवधिमा सङ्कुचित मुद्रा प्रदाय (मुद्रा र चल्ती निक्षेपको योग) को परिवर्तन आव २०७८/७९ मा ९.७ प्रतिशतले ऋणात्मक भयो; जसमा मुद्रा र चल्ती निक्षेपको वार्षिक परिवर्तन क्रमशः ११.६ प्रतिशत र ७.४ प्रतिशतले ऋणात्मक भएकोमा चालु वर्ष पनि ऋणात्मक हुने १० महिनाको तथ्याङ्कबाट देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताउनुभएको छ ।
डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे । अहिलेको जस्तो ठाउँ–ठाउँमा मिल थिएनन् ।
हाम्रो पुर्खाले उच्चतम ज्ञानगुनका कुरा चिन्तन र बोधबाटै पत्ता लगाएको जनश्रुति छ। मानव विकासको करिब पाँच हजार वर्षको इतिहासमा संसारको कुनै पनि मानिस यस स्तरको ज्ञानभन्दा माथि पुग्न असम्भव छ। तसर्थ ज्ञानको यस्तो अपार र अपौरुषेय भण्डारलाई दैवीय उपज मान्नु नै अन्तिम विकल्प थियो, मानिसले त्यसै ग-यो पनि। हाम्रा चिन्तकले मानिसकै हित र उन्नतिका लागि तयार पारेको वाङ्मयलाई अर्को पुस्तासम्म हस्तान्तरण गर्ने उपायको खोजी गरे।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्ग बिच चीनको वेइजिङ्ग स्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।
विश्वको जनसङ्ख्या आठ अर्ब चार करोड ६८ लाख ६९ हजार पुगेको अनुमान छ। यही अहिलेकै दरमा जनसङ्ख्या बढिरहे सन् २०२३ को अन्त्य वा २०२४ को सुरुबाटै भारतले चीनलाई उछिन्दै विश्वको सबैभन्दा धेरै जनसङ्ख्या हुने देश बन्ने छ । सन् २०३० मा विश्वको जनसङ्ख्या आठ अर्ब ५० करोड र सन् २०५० मा नौ अर्ब ७० करोड पुग्ने अनुमान छ ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैसाङ डाँडालाई चिया बगान बनाउन सुरु गरेको छ। वडा नम्बर ६, छितापोखरीस्थित मैसाङ डाँडामा रहेको करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले सात हजार चियाका बिरुवा रोपेको छ। सुम्निमा पारुहाङ पार्क रहेको मैसाङ डाँडा हाल आन्तरिक पर्यटकको एक गन्तव्य हो। गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले आगामी दिनमा आन्तरिक पर्यटकको वृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैसाङ डाँडालाई चियाको बगान बनाउन सुरु गरिएको बताउनुभयो। स्थानीय पथप्रदर्शक उत्तम खड्काको जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैसाङ डाँडामा हरेक दिन आन्तरिक पर्यटक आउने भनाइ छ।
ओखलढुङ्गालाई पुग्ने आँप सुनकोशी गाउँपालिका–१, बलखु ओखलढुङ्गामै फलेका छन्। परम्परागत अन्नबाली भन्दा आँप खेतीबाट बढी फाइदा हुने देखेर बलखुका तीन सयभन्दा बढी घरधुरीले आँप खेती सुरु गरेका छन्। आर्थिक वर्ष २०७३/७४ देखि आँप पकेट कार्यक्रममार्फत खेती थालिएको बलखुमा आँप ब्लक कार्यक्रम लागु भएको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले बलखुका विभिन्न कृषि सहकारी, कृषक समूह मार्फत करिब एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक आँप खेती गरिएको छ।