छत्रकोट गाउँपालिका –२ का ५० वर्षीय इमानसिंह राना घरमा आर्थिक अभावका कारण २२ वर्ष भारतका विभिन्न स्थानमा गएर काम गर्नुभयो । अहिले आफ्नै गाउँमा ताजा तरकारी फलाएर राम्रो आम्दानी गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि सुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ ।
माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २९ वर्षीया सुष्मा तामाङ हुनुहुन्छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनलाई छिटो छरितो र सरल बनाउने अभियानमा सर्वोच्च अदालतको वर्तमान नेतृत्वले निरन्तर काम गरिरहेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताउनु भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पहाडी जिल्ला इलाममा अझै महिलाको साक्षरता दर पुरुषको बराबरी हुन सकेको छैन । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार इलामका दश वटै पालिकामा महिलाको तुलनामा पुरुषको साक्षरता दर बढी पाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताउनुभएको छ ।
झापाको दमकमा भारतीय नागरिकहरूलाई नागरिकता निकालिदिन्छु भनेर रकम उठाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । यस्तो गिरोह तथा व्यक्तिहरूलाई प्रहरीले निगरानी बढाएको हो ।
पञ्चेश्वरबाट महेन्द्रनगरका लागि छुटेको बस सोमबार बैतडीको मेलौलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो । यसअघि आइतबार पनि हेर्न नभ्याइनेमा परेको थियो ।
नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट संन्यास लिने घोषणा गर्नुभएको छ । “आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का लागि नेताको रूपमा उपलब्ध नहुने निर्णय गरेको छु,” रुटले सोमबार डच संसदलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो ।
सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले मङ्गलबारदेखि भारतसँग भारतीय रुपियाँ (भारु)मा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ ।
उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गर्नुभएको छ । यसले उहाँलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्यासको धनी मध्य एसियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ ।
नक्कली बाबु–छोरा बनेर नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –५ का चेतन गजमेर, भुवनसिंह गजमेर रहेका छन् ।